काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय ९त्रिवि० की कुलपति सुशीला कार्कीले देशभरका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री नै रहने व्यवस्था व्यावहारिक नभएको बताएकी छन्। बुधबार त्रिवि सभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने आवश्यकता स्पष्ट पारिन्।
उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन यस दिशामा काम गरिरहेका छन्। “१७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहेछन्। विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति हुन साध्य पनि छैन। राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक छैन,” उनले भनिन्। त्यसैले कुलपति चयनको जिम्मा विश्वविद्यालय सभालाई दिनुपर्ने उनको सुझाव छ।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीले अनेक जिम्मेवारीकाबीच “डोकोभरी कुलपतिको भारी” बोकिरहनु नसक्ने बताउँदै भनिन्, “भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो, हुर्केपछि आफैं बढ्छ।”
उनले प्रधानमन्त्री कुलपतित्व अब आवश्यक नभएको पनि दोहोर्याइन्। “सरकारले विश्वविद्यालयलाई हेर्नुपर्छ, तर नीति, नियम तथा कानुन बनाउन हस्तक्षेप गर्नु हुँदैन,” उनले भनिन्। राजनीतिक हस्तक्षेपका कारण असारमै पारित हुनुपर्ने नीति तथा कार्यक्रम अहिलेसम्म पारित हुन नसकेको उनले जानकारी गराइन्।
त्रिवि सभाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरिसकेको छ। साथै प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले स्वआर्जनतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै भनिन्, “सधैँ सरकारको आश गरेर हुँदैन। शैक्षिक कार्यक्रमहरू त्यहीअनुसार बनाएर विश्वविद्यालयले आफैं आर्जन गर्न सक्छ। शिक्षक–विद्यार्थी मिलेर विश्वविद्यालयमै कमाइ गर्ने वातावरण बनाउन सकिन्छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: