जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले परम्परा बचाउनकै लागि भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी शेरबहादुर रावतले जानकारी दिए ।
पुस महिनाको प्रतिपदाका दिनदेखि खेलिने ठुली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिन्छ । पहिले मन मिल्ने बुढापाका, बालबालिका, युवायुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैलीको महत्त्व बिस्तारै घट्न थालेको तिला गाउँपालिका स्थानीयवासी हरिचन्द्र बुढाको भनाइ छ ।
कर्णालीको मौलिक पर्वलाई थप संरक्षण गर्न गाउँका बुढापाखा मिलेर अहिले ठुली भैली खेल्न थालेका छन् । भैलीमा सबै साथीसङ्गी मिली नयाँ पहिरनमा सजिएर आफन्तजनका घरघरमा गएर भैलो खेल्ने चलन रहेको तिला–१ का स्थानीयवासी कर्ण रावतले बताए ।
१२३ औँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको हिउँदे याममा खेलिने ठुली भैली खेल्ने चलन हराउँदै जान थालेकामा बुढापाका चिन्तित छन् । दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महत्वपूर्ण पर्वका रूपमा मानिन्थ्यो ।
खास गरी कर्णालीमा पुस महिनामा फुर्सद हुने, सबैले सबै काम सकाएर बसिरहेको बेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठुली भैलो खेल्ने चलन रही आएको छ । औँसीदेखि पञ्चमीसम्म ५ दिन खेलिने भएकाले यसलाई ठुली भैलो भनिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: