Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

ओली–ईश्वरको तानातानमा विष्णु पौडेल, अरु को कता खुले ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल निर्माण गर्ने आन्तरिक तयारीमा जुटेका छन् । अहिले नेताहरूले समूह परिवर्तन गर्ने र बार्गेनिङ गरिरहेकाले स्पष्ट प्यानल बनिसकेको छैन ।

आफूअनुकूल विधान संशोधन गराउँदै केपी शर्मा ओली तेस्रो कार्यकाल अध्यक्ष हुने दौडमा छन् । ओलीसँगै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । ओली र पोखरेल दुवै नेता प्यानल निर्माण गर्दै अगाडि बढ्ने आन्तरिक तयारीमा जुटिसकेका छन् ।

अध्यक्षपछि शक्तिशाली पद महासचिव हो । ओली र पोखरेल समूहबाट महासचिवको उम्मेदवार को हुने दुवै नेता त्यसको खोजीमा छन् । दुवै नेताले प्यानल निर्माण गर्दै आफ्नो जित सुनिश्चित गर्न खोजेका छन् भने कतिपय नेता तानातानमा परेका छन् । ओली र पोखरेल दुवैसँग नजिक रहेका र खुल्न नसकेका नेता अहिले तानातानमा परेका छन् ।

त्यसैमध्येका एक नेता विष्णु पौडेल हुन् । हाल एमाले उपाध्यक्षको जिम्मेवारीमा रहेका पौडेललाई ओलीले आफैसँग राख्न खोजेका छन् भने पोखरेलले आफ्नो समूहमा भिब्याउन खोजेका छन् । पौडेललाई पोखरेलले वरिष्ठ उपाध्यक्षको अफर दिएका छन् । तर, पौडेलले मुख खोलेका छैनन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठसहितका नेताहरू पोखरेलको समूहमा लागिसकेका छन् । यस समूहबाट विष्ट र भट्टराईले महासचिव हुने आकांक्षा पोखरेलसमक्ष राखेका छन् । तर, महासचिव पदमा कसले उम्मेदवारी दिने टुंगो लाग्न बाँकी छ ।

उता, ओली समूहबाट शंकर पोखरेल नै महासचिवमा दोहिरिन खोजेका छन् । तर, ओली समूहबाटै उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीले महासचिव पदको दाबी गरेको एमाले स्रोतले जनाएको छ । शंकरको नाममा सहमति नजुटे उनलाई उपाध्यक्ष बनाउने ’boutमा छलफल जारी छ । गुरुङ आफ्नो अडानबाट पछाडि नहट्नेमा अडिग छन् । गुरुङ पछि नहटे ज्ञवालीलाई उपमहासचिवमै निरन्तरता दिनेगरी ओलीले छलफल चलाएका छन् ।

अहिले पदाधिकारीमा रहेका नेताका साथै पूर्वमाओवादी नेताहरूलाई समेत व्यवस्थापन गर्न ओलीलाई सकस छ । उपाध्यक्ष रामबहादुर थापादेखि सचिव लेखराज भट्टसहितका नेतालाई व्यवस्थापन कसरी गर्ने भन्ने ’boutमा ओली छलफलमा छन् । अहिलेको स्थायी कमिटीमा रहेका अधिकांश नेताहरूले पदाधिकारी हुने आकांक्षा राखेका छन् ।

ओलीलाई तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न बाटो खोल्नेगरी गत भदौ तेस्रो साता एमालेको विधान संशोधन गरिएको थियो । संशोधनका क्रममा दुई कार्यकाल मात्र कार्यकारी पदमा रहन पाइने र ७० वर्षे उमेर हदको प्रावधान हटाइएको थियो ।

२०६५ फागुनमा भएको आठौं महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसँग ओली पराजित भए । महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए । बुटवलमा भएको आठौं महाधिवेशनमा पोखरेल खनाल समूहबाट महासचिव विजयी भए । पोखरेलले त्यतिबेला ओली समूहबाट महासचिवमा उम्मेदवारी दिएका प्रदीप नेपाललाई पराजित गरेका थिए ।

२०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनमा माधवकुमार नेपाल र ओलीका बीचमा प्रतिस्पर्धा भएको थियो । आठौं महाधिवेशनमा खनालसँग पराजित ओली नवौं महाधिवेशनमा नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।

नवौं महाधिवेशनमा समूह परिवर्तन गर्दै ओली प्यानलबाट महासचिवमा पोखरेल दोस्रो कार्यकालका लागि विजयी भए । नेपाल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गरेका थिए । नवौं महाधिवेशनमा महासचिवमा पराजित पाण्डे १०औं महाधिवेशन (सौराहा)मा ओली समूहबाट उपाध्यक्ष भए ।

यसैगरी, २०७८ मंसिरमा चितवनको सौराहामा भएको १०औं महाधिवेशनमा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भए । दुई कार्यकाल महासचिव भएका पोखरेल सौराहाको महाधिवेशनमा ओली समूहबाटै वरिष्ठ उपाध्यक्ष भए । नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकर पोखरेल १०औं महाधिवेशनमा ओली समूहबाट निर्विरोध महासचिवमा निर्वाचित भए ।

आठौं महाधिवेशनमा खनाल तथा नवौं र १०औं महाधिवेशनमा ओली समूहमा रहेका पोखरेल ११औं महाधिवेशनमा ओलीसँगै अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । विगतमा ओलीसँग प्रतिस्पर्धा गरेका माधव, झलनाथ, भीम रावलसहितका नेताहरू अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा छन् ।

गत भदौ तेस्रो साता भएको एमालेको दोस्रो विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, ३ महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ । यस्तै, प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ । आगामी महाधिवेशनमा यही पदमा प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, एमालेले केन्द्रीय सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटीमा परिणत गरेको छ । पोलिटब्युरो र केन्द्रीय कमिटीको संरचना रहनेछ । २ सय ५१ को एक तिहाइ ८४ सदस्यीय पोलिटब्युरो हुनेछ । स्थायी कमिटी नरहने भएकाले धेरै नेता पोलिटब्युरोमै रहनेछन् । केन्द्रीय सचिवालयको व्यवस्था हटेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने र विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित कानुनी लडाइँमा रहेको एमालेले आगामी २७ देखि २९ मंसिरमा पार्टीको ११औं महाधिवेशन गर्दै छ । काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोटसहित आन्तरिक तयारीमा एमाले नेताहरू जुटेका छन् ।

गत २० देखि २२ भदौमा दोस्रो विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले राजनीतिक, सांगठनिक एवं विधान संशोधनसहितका प्रस्ताव पारित गरिसकेको छ । ओली तेस्रो कार्यकालका लागि अध्यक्ष हुने दौडमा रहेकै बेला मंगलबार एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यस घोषणासँगै एमाले अध्यक्षका लागि ओली र पोखरेलबीचमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending