काठमाडौं । सुनसरीका गढी, बर्जु, दुहबी र इनरुवा क्षेत्रमा निर्मित १०० सुरक्षित आवास गरिब, विपन्न र भूमिहिन परिवारलाई मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। गढी–२ को कोलर्हवा सामुदायिक ग्राममा आयोजित विशेष समारोहमार्फत घरहरू लाभग्राहीलाई बुझाइएका हुन्।
यो घर निर्माण अभियान पूर्वमन्त्री तथा सुनसरी–३ की निवर्तमान सांसद भगवती चौधरीको विशेष पहलमा अघि बढाइएको हो। वातावरणमैत्री र भूकम्प प्रतिरोधी संरचनाका रूपमा निर्माण गरिएका प्रत्येक घरमा दुई शयनकक्ष, एउटा भान्सा कोठा, शौचालय र खानेपानीका लागि कल जडान गरिएको छ।
६ लाख ५० हजार लागतमा निर्मित सुरक्षित आवास
ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले अन्तर्राष्ट्रिय दातृ संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनको सहयोगमा यी घरहरू तयार पारेको हो। एक घर निर्माणको लागत रु ६ लाख ५० हजार रहेको परियोजना पक्षको भनाइ छ।
‘भूमिहिन जनताको पीडामा मल्हम लगाउन सकेँ’ — भगवती चौधरी
भवन हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री चौधरीले घरविहीन, भूमिहीन समुदायको दशकौँ पुरानो पीडामा थोरै भए पनि राहत पुर्याउन पाएकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्— “दुहबीदेखि गढीसम्मका दलित, मुसहर, ऋषिदेव, मोची राम समुदाय—जसको न त जग्गा थियो, न सुरक्षित घर—ती परिवारलाई आश्रय दिनु मेरो दीर्घकालीन योजना थियो। आज त्यो अभियानको महत्वपूर्ण भाग पूरा भएको छ।”
चौधरीले आफ्नो निर्वाचन क्षेत्र विकासका दृष्टिले पछाडि परेको बताउँदै सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताबाट नागरिक समृद्ध भएको खण्डमै मुलुक सशक्त बन्ने बताइन्।
बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका उपाध्यक्ष लिन पी यूले नेपालका विपन्न समुदायका लागि १३ वर्षदेखि सहयोग गर्दै आएको स्मरण गर्दै भने “यी १०० घरहरूले परिवारको जीवनस्तरमा ठोस परिवर्तन ल्याउने विश्वास छ। आगामी दिनमा पनि हामी यस्तै सहयोगका लागि तत्पर छौँ।”
समाज कल्याण परिषद् उपाध्यक्ष नन्दलाल माझी, गढी गाउँपालिका प्रमुख आशनारायण चौधरीलगायत उपस्थित वक्ताहरूले अब्यवस्थित बस्ती, खोला किनार, सरकारी जमिनमा जोखिमपूर्ण रूपमा बस्दै आएका परिवारले पहिलोपटक सुरक्षित आवास पाएको भन्दै खुशी व्यक्त गरे। कार्यक्रममा घरसँगै लत्ताकपडा, खाद्यान्न तथा दैनिक प्रयोगका सामाग्री पनि वितरण गरिएको थियो।
कहाँ कति घर बने?
फरवार्ड नेपालका कार्यकारी निर्देशक द्रव्यराज चौधरीका अनुसार गत वर्ष शिलान्यास गरिएको परियोजनाअनुसार— दुहबी–९ : १४ घर, गढी–२ : ४० घर, बर्जु–१, ३ र ५ : ३० घर र इनरुवा–७ : १६ घर गरी जम्मा : १०० सुरक्षित घर निर्माण भएका छन् ।
फरवार्ड नेपालले निकट भविष्यमा अझ धेरै सुरक्षित घर निर्माण गर्ने योजना अघि सारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: