Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

रवि र छविको मुद्दा फेरी रोकियो : उच्च अदालतमा निरन्तर स्थगन, प्रक्रिया टस-मस

फइल तस्विर
खबरडबली संवाददाता

बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व–गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा फेरि स्थगित भएको छ।

न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको इजलासमा परेको मुद्दा रवि पक्षका कानुन व्यवसायीले स्वयं स्थगन मागेपछि अघि नबढेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।

योसँगै पछिल्ला दुई सातादेखि उच्च अदालतमा लगातार सुनुवाइ रोकिँदै आएको छ।

अघिल्ला सुनुवाइहरू पनि ‘लट्किँदै’

यसअघि पनि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पेशी परेको बहानामा रવિ पक्षले बुटवलको सुनुवाइ स्थगन मागेको थियो।

कात्तिक २७ मा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मुल मुद्दाको सक्कल मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो। मिसिल ढिलो आएपछि जारी सुनुवाइ फेरि अगाडि बढ्न सकेन।

सुप्रिमबाट सक्कल मिसिल नआए पनि जिल्ला अदालतको प्रतिलिपि भने बुटवल पुगेको छ। रविले थुनाबाट बाहिर बसेर मुद्दा लड्न माग्दै आएका छन्

ठगीबापत तोकिएको १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगोमध्ये रवि लामिछाने र छविलाल जोशीले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ–२ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबर जमानत पेस गरिसकेका छन्।

तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्छ भन्ने नचु्केपछि जिल्ला अदालत र उच्च दुवै इजलासले उनीहरूलाई थुनामै राख्ने निर्णय गर्दै आएका छन्।

रविले आफू सहकारीका सदस्य, बचतकर्ता वा ऋणी नहुने दाबी गर्दै— “सहकारीबाट एक रुपैयाँ पनि नलिएको” अभियोग अस्वीकार गर्दै आएका छन्।

थुनाको अवस्था

रवि लामिछाने  नख्खु कारागार, ललितपुर

छविलाल जोशी  भैरहवा कारागार

दुवैजनामाथि संगठित अपराध तथा सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुना आदेश जारी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

पश्चिमी वायुको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। जसका कारण सोमबार गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश...

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending