बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व–गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा फेरि स्थगित भएको छ।
न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको इजलासमा परेको मुद्दा रवि पक्षका कानुन व्यवसायीले स्वयं स्थगन मागेपछि अघि नबढेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
योसँगै पछिल्ला दुई सातादेखि उच्च अदालतमा लगातार सुनुवाइ रोकिँदै आएको छ।
अघिल्ला सुनुवाइहरू पनि ‘लट्किँदै’
यसअघि पनि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पेशी परेको बहानामा रવિ पक्षले बुटवलको सुनुवाइ स्थगन मागेको थियो।
कात्तिक २७ मा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मुल मुद्दाको सक्कल मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो। मिसिल ढिलो आएपछि जारी सुनुवाइ फेरि अगाडि बढ्न सकेन।
सुप्रिमबाट सक्कल मिसिल नआए पनि जिल्ला अदालतको प्रतिलिपि भने बुटवल पुगेको छ। रविले थुनाबाट बाहिर बसेर मुद्दा लड्न माग्दै आएका छन्
ठगीबापत तोकिएको १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगोमध्ये रवि लामिछाने र छविलाल जोशीले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ–२ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबर जमानत पेस गरिसकेका छन्।
तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्छ भन्ने नचु्केपछि जिल्ला अदालत र उच्च दुवै इजलासले उनीहरूलाई थुनामै राख्ने निर्णय गर्दै आएका छन्।
रविले आफू सहकारीका सदस्य, बचतकर्ता वा ऋणी नहुने दाबी गर्दै— “सहकारीबाट एक रुपैयाँ पनि नलिएको” अभियोग अस्वीकार गर्दै आएका छन्।
थुनाको अवस्था
रवि लामिछाने नख्खु कारागार, ललितपुर
छविलाल जोशी भैरहवा कारागार
दुवैजनामाथि संगठित अपराध तथा सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुना आदेश जारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: