Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

केन्द्रीय सदस्यको सङ्ख्या मात्र बढाउनेमा ध्यान नदिन प्रचण्डको आग्रह

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र घटकबीचको छलफलमा अब केवल केन्द्रीय सदस्यहरूको सङ्ख्या बढाउनेतिर मात्र ध्यान नदिनुपर्ने बताएका छन्।

बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै प्रचण्डले भने, “केही पक्षमा पालिका कमिटीमा राख्न पनि उपयुक्त नहुने भनिएका व्यक्तिहरू अहिले केन्द्रीय समिति र पोलिटब्युरोमा पुगेका छन्। यसले इमान्दार सदस्यहरूलाई अपमानित महसुस गराउन सक्छ, र राष्ट्रिय राजनीतिमा आवश्यक आन्दोलन निर्माणमा बाधा पुग्न सक्छ।”

उनले भने, “हामीले विभिन्न घटकहरूसँग छलफल गर्दा केवल पद बाँडफाँडमा ध्यान नदिऔं, तर पार्टी एकताको वास्तविक उद्देश्य, संगठनात्मक मजबुती र राष्ट्रिय नेतृत्वको तयारीमा जोड दिऔं।”

प्रचण्डले नेकपाको एकताले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूमा छटपटी सिर्जना गरेको र अवसरवादीहरू झूट बोल्दै, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयासमा लागेको बताउँदै त्यसविरुद्ध सचेत रहन सबैलाई निर्देशन दिएका छन्।

बैठकले आगामी मंसिर २३ मा बागमती प्रदेशमा एकता सभा आयोजना गर्ने निर्णय गरेको छ। साथै, जिल्ला र पालिका स्तरमा पनि एकता सभा आयोजना गर्ने योजना अघि बढाइने भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending