Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

एमाले महाधिवेशन: महासचिवको दौडमा हाइ–प्रोफाइल भिडन्त, ओली–ईश्वर ‘पावर ब्लक’ आमनेसामने

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेको दोस्रो शक्तिशाली पद मानिने महासचिवका लागि यो महाधिवेशनमा असाध्यै तातो प्रतिस्पर्धा देखिने भएको छ। भूमिगत राजनीतिक कालदेखि एमालेमा महासचिव कार्यकारी तहको प्रमुख मानिँदै आएको यो पद अहिले पनि संगठन, मोर्चा र पार्टीको मूल सञ्चालनसँग प्रत्यक्ष जोडिएको मानिन्छ। यही कारणले महासचिवलाई ‘अध्यक्षपछिको उत्तराधिकारी’ पदका रूपमा हेरिन्छ।

यस्तै संवेदनशील र शक्तिशाली पद हात पार्नका लागि एमालेभीत्र दशकौँदेखि प्रतिस्पर्धा चल्दै आएको छ। मंसिर २७–२९ मा हुने एघारौँ महाधिवेशन भने पछिल्ला वर्षकै सर्वाधिक चाखलाग्दो, ध्रुवीकृत र रणनीति–प्रधान बन्ने संकेत देखिएको छ।

ओली र ईश्वर पोखरेल दुई प्यानल बनाउनतर्फ

एमालेका वरिष्ठ नेता र पदाधिकारीहरूको मूल्यांकन अनुसार यो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा दुई ठूला प्यानल तयार भइरहेका छन्।
विद्या भण्डारी पक्षसँग खुलेर उभिएका ईश्वरले छुट्टै प्यानल बनाउने संकेत दिँदै आएपछि महाधिवेशनभित्रको शक्ति समीकरण झन् तीब्र बनेको छ।

पदाधिकारीका १५ पदमा चुनाव अपरिहार्य देखिँदै छ, तर सबैभन्दा रोचक र निर्णायक भिडन्त महासचिवमा हुने नेताहरूको ठम्याइ छ।

ओलीको ‘फर्स्ट च्वाइस’ : शंकर पोखरेल

ओली निकटका अनुसार महासचिवका लागि शंकर पोखरेल नै ओलीको पहिलो रोजाइमा छन्।  दसौँ महाधिवेशनबाट महासचिव बनेका पोखरेललाई ओलीसँगै हिँडेका, वैचारिक र कार्यशैलीमा दृढ मानिन्छ। ओलीले विधन महाधिवेशनदेखि नै उनलाई अगाडि सार्दै आएको इतिहास छ।

तर, परिस्थिति शून्य–रेखामा छैन। पार्टीभित्रको सत्ता र सन्तुलनका कारण ओलीले अन्तिम घडीमा ‘सुरक्षित’ र ‘विश्वस्त’ मानिएको नामतर्फ पनि मोडिन सक्ने विश्लेषण छ।

उपमहासचिव प्रदीप ज्ञवाली : अर्को बलियो दाबेदार

प्रदीप ज्ञवाली महासचिवका अर्को धाक जमाउने दावेदार हुन्। उनले गत विधान महाधिवेशनमा अध्यक्षको प्रतिवेदन वाचन गरेपछि ओलीको गहिरो विश्वास जितेका छन्।
नेताहरू भन्छन्— “एघारौँ महाधिवेशनमा ओलीको महासचिव उम्मेदवार ज्ञवाली पनि हुन सक्छन्।”  ज्ञवालीले स्वयं पनि यो पदप्रति स्पष्ट आकांक्षा सार्वजनिक गरिसकेका छन्।

प्रदर्शक तेस्रो शक्ति : पृथ्वीसुब्बा गुरुङ

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा दाबी राखेका छन्। नेतृत्वले टुंगो नलगाए आफू उम्मेदवार बन्ने संकेत उनले सार्वजनिक रूपमा दिएका छन्।

यता, दसौँ महाधिवेशनमा उठाइएका ‘पुराना’ पदाधिकारीहरू दोहोर्याउनुपर्ने दबाब ओलीमाथि छ, जसले विकल्प झन् जटिल बनाइदिएको छ।

विद्या–ईश्वर समूह : तीन सम्भावित महासचिव

ओलीलाई महाधिवेशनमा ‘धक्का’ दिने रणनीतिसहित अघि बढेको विद्या–ईश्वर समूह पनि महासचिवमा बलियो तयारीमा छ।

यस समूहबाट गोकर्ण विष्ट, योगेश भट्टराई  र सुरेन्द्र पाण्डे   प्रमुख रूपमा उभिएका छन् । योजनाअनुसार सुरेन्द्र पाण्डेलाई ‘मुख्य’ उम्मेदवारका रूपमा अघि सार्ने तयारी छ। यदि पाण्डे तयार नबने, विष्ट र योगेशमध्ये एकजना महासचिवका लागि उठाइने नेताहरू बताउँछन्।

ओलीको चुनौती : संगठन बचाउने कि शक्ति सन्तुलन ?

महाधिवेशनमा दुई प्यानल स्पष्ट बन्दै गएपछि ओलीका लागि महासचिव छान्नु संगठनात्मक भन्दा बढी राजनीतिक जोखिम भएकाे छ।

उनले आफूसँग दीर्घकालीन निष्ठा देखाउने, संगठनमा पकड राख्ने, विपक्षी प्यानलसँग भिड्न सक्ने र भविष्यको नेतृत्व सुनिश्चित गर्नेजस्तो बहुआयामिक समीकरण मिलाएर मात्र उम्मेदवार टुंग्याउनुपर्ने हुन्छ।

यही कारणले अहिले एमालेभित्र ‘अन्तिम घडीसम्म खेल उल्टिन सक्छ’ भन्ने आन्तरिक पूर्वानुमान मजबुत हुँदै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending