काठमाडौँ । नेकपा एमालेको दोस्रो शक्तिशाली पद मानिने महासचिवका लागि यो महाधिवेशनमा असाध्यै तातो प्रतिस्पर्धा देखिने भएको छ। भूमिगत राजनीतिक कालदेखि एमालेमा महासचिव कार्यकारी तहको प्रमुख मानिँदै आएको यो पद अहिले पनि संगठन, मोर्चा र पार्टीको मूल सञ्चालनसँग प्रत्यक्ष जोडिएको मानिन्छ। यही कारणले महासचिवलाई ‘अध्यक्षपछिको उत्तराधिकारी’ पदका रूपमा हेरिन्छ।
यस्तै संवेदनशील र शक्तिशाली पद हात पार्नका लागि एमालेभीत्र दशकौँदेखि प्रतिस्पर्धा चल्दै आएको छ। मंसिर २७–२९ मा हुने एघारौँ महाधिवेशन भने पछिल्ला वर्षकै सर्वाधिक चाखलाग्दो, ध्रुवीकृत र रणनीति–प्रधान बन्ने संकेत देखिएको छ।
ओली र ईश्वर पोखरेल दुई प्यानल बनाउनतर्फ
एमालेका वरिष्ठ नेता र पदाधिकारीहरूको मूल्यांकन अनुसार यो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा दुई ठूला प्यानल तयार भइरहेका छन्।
विद्या भण्डारी पक्षसँग खुलेर उभिएका ईश्वरले छुट्टै प्यानल बनाउने संकेत दिँदै आएपछि महाधिवेशनभित्रको शक्ति समीकरण झन् तीब्र बनेको छ।
पदाधिकारीका १५ पदमा चुनाव अपरिहार्य देखिँदै छ, तर सबैभन्दा रोचक र निर्णायक भिडन्त महासचिवमा हुने नेताहरूको ठम्याइ छ।
ओलीको ‘फर्स्ट च्वाइस’ : शंकर पोखरेल
ओली निकटका अनुसार महासचिवका लागि शंकर पोखरेल नै ओलीको पहिलो रोजाइमा छन्। दसौँ महाधिवेशनबाट महासचिव बनेका पोखरेललाई ओलीसँगै हिँडेका, वैचारिक र कार्यशैलीमा दृढ मानिन्छ। ओलीले विधन महाधिवेशनदेखि नै उनलाई अगाडि सार्दै आएको इतिहास छ।
तर, परिस्थिति शून्य–रेखामा छैन। पार्टीभित्रको सत्ता र सन्तुलनका कारण ओलीले अन्तिम घडीमा ‘सुरक्षित’ र ‘विश्वस्त’ मानिएको नामतर्फ पनि मोडिन सक्ने विश्लेषण छ।
उपमहासचिव प्रदीप ज्ञवाली : अर्को बलियो दाबेदार
प्रदीप ज्ञवाली महासचिवका अर्को धाक जमाउने दावेदार हुन्। उनले गत विधान महाधिवेशनमा अध्यक्षको प्रतिवेदन वाचन गरेपछि ओलीको गहिरो विश्वास जितेका छन्।
नेताहरू भन्छन्— “एघारौँ महाधिवेशनमा ओलीको महासचिव उम्मेदवार ज्ञवाली पनि हुन सक्छन्।” ज्ञवालीले स्वयं पनि यो पदप्रति स्पष्ट आकांक्षा सार्वजनिक गरिसकेका छन्।
प्रदर्शक तेस्रो शक्ति : पृथ्वीसुब्बा गुरुङ
उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा दाबी राखेका छन्। नेतृत्वले टुंगो नलगाए आफू उम्मेदवार बन्ने संकेत उनले सार्वजनिक रूपमा दिएका छन्।
यता, दसौँ महाधिवेशनमा उठाइएका ‘पुराना’ पदाधिकारीहरू दोहोर्याउनुपर्ने दबाब ओलीमाथि छ, जसले विकल्प झन् जटिल बनाइदिएको छ।
विद्या–ईश्वर समूह : तीन सम्भावित महासचिव
ओलीलाई महाधिवेशनमा ‘धक्का’ दिने रणनीतिसहित अघि बढेको विद्या–ईश्वर समूह पनि महासचिवमा बलियो तयारीमा छ।
यस समूहबाट गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे प्रमुख रूपमा उभिएका छन् । योजनाअनुसार सुरेन्द्र पाण्डेलाई ‘मुख्य’ उम्मेदवारका रूपमा अघि सार्ने तयारी छ। यदि पाण्डे तयार नबने, विष्ट र योगेशमध्ये एकजना महासचिवका लागि उठाइने नेताहरू बताउँछन्।
ओलीको चुनौती : संगठन बचाउने कि शक्ति सन्तुलन ?
महाधिवेशनमा दुई प्यानल स्पष्ट बन्दै गएपछि ओलीका लागि महासचिव छान्नु संगठनात्मक भन्दा बढी राजनीतिक जोखिम भएकाे छ।
उनले आफूसँग दीर्घकालीन निष्ठा देखाउने, संगठनमा पकड राख्ने, विपक्षी प्यानलसँग भिड्न सक्ने र भविष्यको नेतृत्व सुनिश्चित गर्नेजस्तो बहुआयामिक समीकरण मिलाएर मात्र उम्मेदवार टुंग्याउनुपर्ने हुन्छ।
यही कारणले अहिले एमालेभित्र ‘अन्तिम घडीसम्म खेल उल्टिन सक्छ’ भन्ने आन्तरिक पूर्वानुमान मजबुत हुँदै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: