काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले अन्तिम क्षणसम्म रोमाञ्चक बनेको खेलमा तीन विकेटले जित हात पारेको छ ।
विराटनगरका बसिर अहमेदले उत्कृष्ट प्रदर्शन गर्दै अविजित अर्धशतक प्रहार गरे । उनले ४३ बलमा तीन चौका र तीन छक्कासहित नटआउट ६० रन बनाए । अन्तिम दुई बलमा चार रन आवश्यक रहेको अवस्थामा बसिरले छक्का प्रहार गर्दै टीमलाई लक्ष्यमा पुर्याएका थिए ।
कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा सात विकेट गुमाउँदै १६३ रन बनाउँदै पूरा गर्यो । विराटनगरका नारायण जोशीले २५ रन, साम हेजलेटले १६ रन र साहिल पटेलले १९ रन जोडे । अन्य बल्लेबाज दोहोरो अंकमा पुग्न सकेनन् ।
कर्णालीका लागि सोमपाल कामी र गुल्सन झाले दुई–दुई विकेट लिए । पवन सरार्फ, नन्दन यादव र विलियम बसिस्टोले एक–एक विकेट हात पारे तर त्यो जितका लागि पर्याप्त भएन ।
टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभर पूरा गर्दै तीन विकेटको क्षतिमा १६० रन बनाएको थियो । कर्णालीका प्रियाक पञ्चालले ४७ बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतक प्रहार गरे । विलियम बसिस्टो ४८ बलमा ४८ रनमै रोकिए भने गुल्सन झाले १० बलमा २० रन जोडे ।
विराटनगरका मर्चेन्ट डी लेङगा र सन्दीप लामिछानेले एक–एक विकेट लिए । जितसँगै विराटनगर पाँच खेलमा ८ अंकसहित तालिकाको दोस्रो स्थानमा कायम छ । अपराजित सुदूरपश्चिम चार खेलमै ८ अंकसहित शीर्ष स्थानमा छ । यसैबीच, कर्णाली एक मात्रै जितसहित दुई अंकका साथ पाँचौँ स्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: