काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्नेमा जोड दिएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्ने र सुधारका लागि सहकार्य जरुरी रहेको बताए।
प्रधानमन्त्री कार्कीले विगतमा विभिन्न नाममा झगडा र विमति राख्दा धेरै क्षति बेहार्नु परेको उल्लेख गर्दै अब थप गुमाउने अवस्था आउन नदिन सबै संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “नयाँनयाँ समस्या मात्रै ल्याउनेभन्दा पनि देशमा प्राप्त उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ । समस्या मात्रै तेस्र्याएर होइन, सम्हालिएर हिँडौँ । विमतिका कुरा छन्भने आफ्ना मत लिएर जनतामा जाऔँ । जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ ।”
प्रधानमन्त्री कार्कीले आफ्ना लागि र सरकारका लागि कोही आफन्त–पराया नभएको उल्लेख गर्दै कुनै पनि कारणले कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनिन्, “तपाईंहरु र अरू जोकोहीले दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौं । भ्रष्टाचार प्रकरणका थाती रहेका धेरै मुद्दा अगाडि बढेका छन् । यस मामिलामा पनि चुप लागेर बस्दैनौँ । मुलुकको वातावरण बिगार्न धेरै लागेका छन्, यसैमा अल्झिने हो भने देश कहिल्यै उँभो लाग्दैन । त्यसैले सरकार सम्हालिएर अगाडि बढ्छ ।”
प्रधानमन्त्री कार्कीले दण्डहीनतालाई प्रश्रय दिए राम्रो नहुने र यसपालि त्यस्तो हुन नदिने बताइन्। “निर्दोष बालबालिका सडकमा हिँड्दाहिँड्दै मारिएका छन् । यस विषयमा छानबिन आयोगको प्रतिवेदनमा जे सिफारिस आउँछ, त्यो कार्यान्वयन हुन्छ”, उनले भनिन्।
सरकार चुनावमा जति पनि पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेका बताउँदै उहाँल स्वच्छ चुनावका लागि मितव्ययी ढङ्गले अगाडि बढ्न राप्रपालगायत सबैलाई आग्रह गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: