काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्नेमा जोड दिएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्ने र सुधारका लागि सहकार्य जरुरी रहेको बताए।
प्रधानमन्त्री कार्कीले विगतमा विभिन्न नाममा झगडा र विमति राख्दा धेरै क्षति बेहार्नु परेको उल्लेख गर्दै अब थप गुमाउने अवस्था आउन नदिन सबै संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “नयाँनयाँ समस्या मात्रै ल्याउनेभन्दा पनि देशमा प्राप्त उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ । समस्या मात्रै तेस्र्याएर होइन, सम्हालिएर हिँडौँ । विमतिका कुरा छन्भने आफ्ना मत लिएर जनतामा जाऔँ । जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ ।”
प्रधानमन्त्री कार्कीले आफ्ना लागि र सरकारका लागि कोही आफन्त–पराया नभएको उल्लेख गर्दै कुनै पनि कारणले कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनिन्, “तपाईंहरु र अरू जोकोहीले दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौं । भ्रष्टाचार प्रकरणका थाती रहेका धेरै मुद्दा अगाडि बढेका छन् । यस मामिलामा पनि चुप लागेर बस्दैनौँ । मुलुकको वातावरण बिगार्न धेरै लागेका छन्, यसैमा अल्झिने हो भने देश कहिल्यै उँभो लाग्दैन । त्यसैले सरकार सम्हालिएर अगाडि बढ्छ ।”
प्रधानमन्त्री कार्कीले दण्डहीनतालाई प्रश्रय दिए राम्रो नहुने र यसपालि त्यस्तो हुन नदिने बताइन्। “निर्दोष बालबालिका सडकमा हिँड्दाहिँड्दै मारिएका छन् । यस विषयमा छानबिन आयोगको प्रतिवेदनमा जे सिफारिस आउँछ, त्यो कार्यान्वयन हुन्छ”, उनले भनिन्।
सरकार चुनावमा जति पनि पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेका बताउँदै उहाँल स्वच्छ चुनावका लागि मितव्ययी ढङ्गले अगाडि बढ्न राप्रपालगायत सबैलाई आग्रह गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: