Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

लन्डनबाट पुर्जाको कडा सन्देश – ‘अब बहानाको राजनीति चल्दैन’

खबरडबली संवाददाता

काठमाडाैं ।  बेलायतवासी पूर्वब्रिटिस तथा समाजसेवी कमलबहादुर पुर्जाले नेपाललाई उठाउने अन्तिम घण्टी बजाउँदै कडा शब्दमा चेतावनी दिएका छन् “पहिले हामी आफैँ बदलिऔँ, नभए नेपाल कहिल्यै उठ्दैन।” सामाजिक सञ्जालबाट उनले बुधबार सार्वजनिक गरेको सन्देश कुनै साधारण टिप्पणी होइन । यो वर्षौंदेखि निदाएर बसेका नेपालीहरूलाई झस्काउने खालको तीब्र आह्वान हो।

पुर्जाले स्पष्ट भने “हामी बच्चा होइनौं। सही–गलत छुट्याउने क्षमता छ। तर त्यो प्रयोग गर्न नसक्नेहरूकै कारण देश बर्बाद छ। आफैँ बलियो बन्नुस्, तब मात्रै नेपाल बलियो बन्छ।”

उनले नेपाली राजनीतिलाई कठोर भाषामा चिर्चिरे “देश दैनिक आरोप–प्रत्यारोपले चल्दैन। नेतामा न दृष्टि छ, न योजना। देखिन्छ भने भ्रष्टाचार, स्वार्थ, र विभाजन मात्रै। परिवर्तन ल्याउनेलाई नै भ्रष्टहरू रोक्छन्, किनकि परिवर्तन आए भने उनीहरूको लाभ, उनको साम्राज्य, उनको दम्भ भत्किन्छ।”

विदेशीएजेन्टको नाममा गरिने आरोपप्रत्यारोपलाई उनले ठाडै हानिदिए “नेपालजस्ता देश विदेशी सहयोग बिना एक दिन पनि टिक्दैनन् भन्ने बुझ्न नसक्नेहरूलाई के भन्ने? स्वास्थ्यदेखि शिक्षा, बजेटदेखि सडक सबै विदेशी सहयोगमै टिकेको देश हो यो। काम गर्न नसक्नेहरूले अरूलाई एजेण्ट भन्छन्, यही हाम्रो दुर्भाग्य।”

नेपालीहरूले जहाँ–जहाँ पुगे पनि पुरानै गन्हाउने बानी बोकेर नहिँड्न आग्रह गर्दै उनले थपे “नेताहरूले विकसित देशबाट सिक्न नचाहेको देख्दा लाज लाग्छ। आधुनिक सोच किन भित्र्याउँदैनन्? किन परिवर्तनसँग डराउँछन्? कसैले काम गर्न खोज्यो भने त्यसैलाई धक्काउने, बदनाम गर्ने हाम्रो प्रवृत्ति नै देश खुम्च्याइरहेको छ।”

रविलामिछानेको प्रसंग उठाउँदै उनले कटु सत्य बोले “उनीहरू त्यही मान्छेको डर गर्छन् जसले साँचो अर्थमा प्रणाली हल्लाउँछ। इमानदार मान्छे सत्तामा पुगे भने धेरै भ्रष्टहरूको मुखुण्डो खुल्छ।”

पुर्जाले जनतालाई पनि नरमाइला शब्दमा होइन, कठोर रूपमा सम्बोधन गरे “गलत नेतामै भोट हालिरहेर फेरि उनीहरूलाई गाली गर्ने जनतासमेत दोषी हुन्। त्यसैले नेताहरू जनतालाई ‘भेंडा’ भन्छन् व्यवहार नै त्यही छ।”

त्यो व्यवहार बदल्न उनले सीधा सन्देश दिए । “पहिले आफैँ बदल। सही–गलत छुट्याऊ। जिम्मेवार नागरिक बन्छु भने मात्र देश उठ्छ।”

नेपाल विदेशी अनुदानमै अडेको वास्तविकता खुलेरै राख्दै उनले भने “वार्षिक बजेटदेखि खानेपानीसम्म, अस्पतालदेखि स्कुलसम्म सबै बाहिरी सहयोगले चलिरहेको देशमा अहंकार देखाउनु हास्यास्पद हुन्छ।”

अन्त्यमा पुर्जाले भावपूर्ण तर कडा शैलीमा निष्कर्ष टेके “यदि साँच्चिकै नेपाल बदल्न चाहन्छौ भने इमानदार, निडर र सत्यनिष्ठलाई साथ देऊ। हर्का साम्पाङजस्ता साहसी नेताको आवश्यकता अब यतिबेला छ  नत्र देशले बच्ने सम्भावना दिनदिनै क्षीण हुँदैछ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending