Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

लन्डनबाट पुर्जाको कडा सन्देश – ‘अब बहानाको राजनीति चल्दैन’

खबरडबली संवाददाता

काठमाडाैं ।  बेलायतवासी पूर्वब्रिटिस तथा समाजसेवी कमलबहादुर पुर्जाले नेपाललाई उठाउने अन्तिम घण्टी बजाउँदै कडा शब्दमा चेतावनी दिएका छन् “पहिले हामी आफैँ बदलिऔँ, नभए नेपाल कहिल्यै उठ्दैन।” सामाजिक सञ्जालबाट उनले बुधबार सार्वजनिक गरेको सन्देश कुनै साधारण टिप्पणी होइन । यो वर्षौंदेखि निदाएर बसेका नेपालीहरूलाई झस्काउने खालको तीब्र आह्वान हो।

पुर्जाले स्पष्ट भने “हामी बच्चा होइनौं। सही–गलत छुट्याउने क्षमता छ। तर त्यो प्रयोग गर्न नसक्नेहरूकै कारण देश बर्बाद छ। आफैँ बलियो बन्नुस्, तब मात्रै नेपाल बलियो बन्छ।”

उनले नेपाली राजनीतिलाई कठोर भाषामा चिर्चिरे “देश दैनिक आरोप–प्रत्यारोपले चल्दैन। नेतामा न दृष्टि छ, न योजना। देखिन्छ भने भ्रष्टाचार, स्वार्थ, र विभाजन मात्रै। परिवर्तन ल्याउनेलाई नै भ्रष्टहरू रोक्छन्, किनकि परिवर्तन आए भने उनीहरूको लाभ, उनको साम्राज्य, उनको दम्भ भत्किन्छ।”

विदेशीएजेन्टको नाममा गरिने आरोपप्रत्यारोपलाई उनले ठाडै हानिदिए “नेपालजस्ता देश विदेशी सहयोग बिना एक दिन पनि टिक्दैनन् भन्ने बुझ्न नसक्नेहरूलाई के भन्ने? स्वास्थ्यदेखि शिक्षा, बजेटदेखि सडक सबै विदेशी सहयोगमै टिकेको देश हो यो। काम गर्न नसक्नेहरूले अरूलाई एजेण्ट भन्छन्, यही हाम्रो दुर्भाग्य।”

नेपालीहरूले जहाँ–जहाँ पुगे पनि पुरानै गन्हाउने बानी बोकेर नहिँड्न आग्रह गर्दै उनले थपे “नेताहरूले विकसित देशबाट सिक्न नचाहेको देख्दा लाज लाग्छ। आधुनिक सोच किन भित्र्याउँदैनन्? किन परिवर्तनसँग डराउँछन्? कसैले काम गर्न खोज्यो भने त्यसैलाई धक्काउने, बदनाम गर्ने हाम्रो प्रवृत्ति नै देश खुम्च्याइरहेको छ।”

रविलामिछानेको प्रसंग उठाउँदै उनले कटु सत्य बोले “उनीहरू त्यही मान्छेको डर गर्छन् जसले साँचो अर्थमा प्रणाली हल्लाउँछ। इमानदार मान्छे सत्तामा पुगे भने धेरै भ्रष्टहरूको मुखुण्डो खुल्छ।”

पुर्जाले जनतालाई पनि नरमाइला शब्दमा होइन, कठोर रूपमा सम्बोधन गरे “गलत नेतामै भोट हालिरहेर फेरि उनीहरूलाई गाली गर्ने जनतासमेत दोषी हुन्। त्यसैले नेताहरू जनतालाई ‘भेंडा’ भन्छन् व्यवहार नै त्यही छ।”

त्यो व्यवहार बदल्न उनले सीधा सन्देश दिए । “पहिले आफैँ बदल। सही–गलत छुट्याऊ। जिम्मेवार नागरिक बन्छु भने मात्र देश उठ्छ।”

नेपाल विदेशी अनुदानमै अडेको वास्तविकता खुलेरै राख्दै उनले भने “वार्षिक बजेटदेखि खानेपानीसम्म, अस्पतालदेखि स्कुलसम्म सबै बाहिरी सहयोगले चलिरहेको देशमा अहंकार देखाउनु हास्यास्पद हुन्छ।”

अन्त्यमा पुर्जाले भावपूर्ण तर कडा शैलीमा निष्कर्ष टेके “यदि साँच्चिकै नेपाल बदल्न चाहन्छौ भने इमानदार, निडर र सत्यनिष्ठलाई साथ देऊ। हर्का साम्पाङजस्ता साहसी नेताको आवश्यकता अब यतिबेला छ  नत्र देशले बच्ने सम्भावना दिनदिनै क्षीण हुँदैछ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending