Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

फिलिपिन्समा व्यापक भ्रष्टाचारविरुद्ध सडक आन्दोलन

खबरडबली संवाददाता

मनिला । फिलिपिन्समा आइतबार रोमन क्याथोलिक चर्चका पादरीहरूसहित हजारौँ नागरिकले बाढी नियन्त्रण परियोजनामा भएको ठूलो भ्रष्टाचार काण्डविरुद्ध सडकमा उत्रिएका छन् । 

प्रदर्शनकारीहरूले देशलाई नै हल्लाइदिएको अनियमिततामा संलग्न शीर्ष सांसद र सरकारी अधिकारीहरूलाई तत्काल मुद्दा चलाउन र चोरी भएको रकम फिर्ता गराउन कडाइका साथ माग गरे ।

वामपन्थी समूहहरूले मनिलाको मुख्य पार्कमा आयोजना गरिएको छुट्टै विरोध प्रदर्शनको नेतृत्व गर्दै सबै दोषी प्रमाणित अधिकारीहरूले तुरुन्तै राजीनामा दिई कानूनी कारबाहीको सामना गर्नुपर्ने दाबी गरे ।

उता, राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले उष्णकटिबन्धीय एसियाको बाढी–पीडित द्वीपसमूहमा घटिया, अपूर्ण वा अस्तित्वविहीन बाढी नियन्त्रण योजनाका कारण उत्पन्न सार्वजनिक आक्रोश शान्त गर्ने प्रयास जारी राखिरहेका छन् ।

मेट्रोपोलिटन मनिलामा सुरक्षाका लागि १७ हजारभन्दा बढी प्रहरी अधिकारी तैनाथ गरिएको थियो । मालाकानाङ राष्ट्रपतिको कार्यालय वरपरका मुख्य सडक र पुलहरू दङ्गा–विरोधी प्रहरी, ट्रक तथा काँडेदार तारले अवरुद्ध गरिएको थियो । देश विगत ३९ वर्षमा दुई राष्ट्रपतिलाई आंशिक रूपमा भ्रष्टाचारकै आरोपमा पदच्युत गरेको इतिहास भएकोले केही समूहले सेनालाई राष्ट्रपति मार्कोसप्रति समर्थन फिर्ता लिन समेत आह्वान गरेका थिए, तर सेनाले यस्ता मागलाई कडा ढङ्गले अस्वीकार गरेको छ ।

फिलिपिन्स सशस्त्र बलले आइतबार तीन जना पूर्व सैन्य प्रमुखसहित कम्तीमा ८८ जना सेवानिवृत्त जनरल हस्ताक्षरित वक्तव्यलाई स्वागत गर्दै असंवैधानिक गतिविधि वा सैन्य विद्रोहका सबै प्रयासको स्पष्ट निन्दा गरेको जनाएको छ । सेनाले एउटा विज्ञप्तिमा भन्यो, “हाम्रा सेवानिवृत्त तथा सक्रिय नेताहरूको एकीकृत आवाजले सशस्त्र बललाई स्थिरताको स्तम्भ र दृढ लोकतान्त्रिक संरक्षकको रूपमा पुष्टि गरेको छ ।”

देशभरका क्याथोलिक चर्चहरूले आइतबारको प्रदर्शनमा नेतृत्वदायी भूमिका निभाए । मुख्य प्रदर्शन राजधानी क्षेत्रको इड्सा राजमार्ग छेउस्थित ‘जन–शक्ति’ स्मारकमा आयोजित थियो । त्यहाँ करिब पाँच हजार नागरिक प्रायः सेतो पोशाकमा उपस्थित भएको प्रहरीको अनुमान छ । सहभागीहरूले हालसालै सार्वजनिक भएका हजारौँ असमान बाढी नियन्त्रण योजनामा संलग्न सांसद, अधिकारी तथा निर्माण कम्पनीका मालिकहरूलाई जेल पठाउन र चोरी गरेको रकम तत्काल फिर्ता गराउन माग गरे । एक प्रदर्शनकारीले ‘लोभीहरूका लागि कुनै दया छैन’ लेखिएको टी–सर्ट लगाइरहेको देखिन्थ्यो ।

राष्ट्रपति मार्कोसले गत जुलाईमा कङ्ग्रेसमा प्रस्तुत राष्ट्र–सम्बोधनकै क्रममा बाढी नियन्त्रण परियोजनामा देखिएका विसङ्गतिका विषयमा पहिलो पटक चेतावनी दिएको थियो । त्यसयता, एउटा मात्र परियोजनासम्बन्धी अनियमिततामा सात सार्वजनिक निर्माण अधिकारीहरूलाई अवैध कोष प्रयोग तथा भ्रष्टाचारका आरोपमा जेल सजाय भइसकेको छ । सो प्रकरणमा संलग्न निर्माण कम्पनी ‘सनवेस्ट कर्पोरेसन’ का कार्यकारीहरूको खोजी भइरहेको बताइन्छ ।

गत शुक्रबार पूर्व सरकारी इन्जिनियर हेनरी अल्कान्टाराले सिनेटको सुनुवाइमा शपथअन्तर्गत स्वीकार्दै आफू संलग्न रहेको ११ करोड पेसो (करिब १९ लाख डलर) किकब्याक रकम पुनः फिर्ता गरेको बताउनुका साथै केही हप्ताभित्र थप रकम फिर्ता गर्ने वाचा गरेको थियो । राष्ट्रपति मार्कोसका अनुसार यसै काण्डमा संलग्न व्यक्तिहरूको करिब १२ अर्ब पेसो (२१ करोड डलर) बराबरको सम्पत्ति अधिकारीहरूले फ्रिज गरिसकेका छन् ।

आइतबारको र्‍यालीमा प्रदर्शनकारीहरूले संलग्न सिनेटरहरू र प्रतिनिधिसभाका सदस्यहरूसहित धेरै अधिकारीहरूलाई चाँडै जेल हाल्नुपर्ने र उनीहरूले चोरेको र निजी जेटहरू र लक्जरी कारहरू, महलहरू र असाधारण जीवनशैलीलाई वित्तपोषण गर्न प्रयोग गरेको रकम फिर्ता गर्न आदेश दिनुपर्ने माग दोहोर्‍याए । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE