Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खबरडबली संवाददाता

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । 

दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो ।

तराईसँग सिधा यातायात सेवा जोड्ने फोक्सिङटारको पुल पुनर्निर्माण गर्न छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिनुभयो । बाढीले उक्त पुल बगाएपछि पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेको थियो ।

 उहाँले भन्नुभयो, “स्थानीय सरकारले बजेट बनाइरहेका छन् । सबै स्थानीय तहसँग कुरा भएको छ । प्राविधिक मूल्याङ्कन गरेर पुनर्निर्माणको काम सुरु गर्छौँ ।” 

गाउँपालिकाको कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले गाउँपालिका प्रमुख राईको संयोजकत्वमा १५१ सदस्यीय फोक्सिङटार पुल पुनर्निर्माण पहल समिति गठन गरेको छ । समितिले फोक्सिङटार पुल पुनर्निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन माथिल्लो तहको सरकारसँग ‘डेलिगेसन’ जाने र बजेट उपलब्ध नगराएको खण्डमा आफ्नै पहलमा पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । 

कालोपत्रको काम भइरहेको सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा पक्की पुल नहुँदा जिल्लावासीले सास्ती भोग्दै आएका छन् । फोक्सिङटार पुल पुनर्निर्माणका लागि जिल्लास्थित सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न पेसा व्यवयसाय सञ्चालन गर्दै आएका जिल्लावासीसँग चन्दा सङ्कलन अभियान सञ्चालन गरिने जनाइएको छ । 

जिल्लाका कर्मचारी र जनप्रतिनिधिले महिना दिनको तलब तथा सेवासुविधा जम्मा गरेको खण्डमा  पुल पुनर्निर्माण गर्न सकिने सहभागीले बताएका छन् । जिल्लावासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको फोक्सिङटार पुल पुनर्निर्माणमा सङ्घीय सरकारले सहयोगको अपेक्षा गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले बताएको छन् ।

उनले भने, “बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माण गर्न करिब रु १५ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुननिर्माण गर्न स्थानीयले यसअघिका सरकारलाई पनि निरन्तर ध्यानाकर्षण गराएका थिए ।

करिव चार बर्षअघि निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । दिक्तेल–गाईघाट सडकखण्ड (१०१ किलोमिटर) अन्तर्गत बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज जडान गरी यातायात सञ्चालन हुँदैआएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...

प्रभु बैंककी सिबिओ रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...

सरकार र चिकित्सक संघबीचको वार्ता सकारात्मक, आन्दोलन अन्त्य हुने संकेत

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक: छ अर्ब ५५ करोडको कार्यक्रम पारित

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...

कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भने रोकियो

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित, दुई आयुक्तको नाम पनि सर्वसम्मत पारित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...

यी चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending