नेपालगञ्ज। बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए । तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन् । सङ्क्रमितध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् ।
आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
शाहले पछिल्लो समय जनचेतनामूलक कार्यक्रम लगायतका कारण एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको जानकारी दिँदै बाँकेमा रहेका एचआइभी सङ्क्रमितहरुले भेरी अस्पताल, नेपालगन्जबाट नि:शुल्क औषधि पाइरहेको बताए।
“बाँकेका विभिन्न स्थानमा रहेका स्वास्थ्य चौकीमा पनि एचआइभी परीक्षण हुन्छ तर अन्तिममा भेरीमा परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुगिन्छ,” उनले भने।
जिल्लामा आव २०८०/८१ मा १०१ जना एचआइभी सङ्क्रमित फेला परेका थिए । जिल्लामा १० हजार ७५९ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका थिए । त्यसअघिको आव २०७/र८० मा १०९ जनामा सङ्क्रमण देखिएको थियो । उक्त आवमा १७ हजार ३२८ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका थिए ।
फोकल पर्सन शाहले बाँकेमा आव २०८१/८२ मा ६१३ जना एचआइभी सङ्क्रमित भेरी अस्पतालमा ‘एआरटी’ उपचारमा रहेको बताए।
त्यसैगरी पिएमटिसिटी कार्यक्रमअन्तर्गत २८ हजार २३४ जना गर्भवती आमाहरूलाई एचआइभी जाँच गर्दा नयाँ एचआइभी सङ्क्रमित नभेटिएको बताइएको छ । भेरी अस्पताल नेपालगञ्जमा गत आव २०८०/८१ मा सात जना एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माएका थिए भने अघिल्लो आवमा पाँच जना सङ्क्रमितले स्वस्थ बच्चा जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...
पौष १२ गते, २०८२ - १०:४९
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । भीषण वर्ष...
पौष १२ गते, २०८२ - १०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...




प्रतिकृया लेख्नुहोस्: