नेपालगञ्ज। बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए । तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन् । सङ्क्रमितध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् ।
आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
शाहले पछिल्लो समय जनचेतनामूलक कार्यक्रम लगायतका कारण एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको जानकारी दिँदै बाँकेमा रहेका एचआइभी सङ्क्रमितहरुले भेरी अस्पताल, नेपालगन्जबाट नि:शुल्क औषधि पाइरहेको बताए।
“बाँकेका विभिन्न स्थानमा रहेका स्वास्थ्य चौकीमा पनि एचआइभी परीक्षण हुन्छ तर अन्तिममा भेरीमा परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुगिन्छ,” उनले भने।
जिल्लामा आव २०८०/८१ मा १०१ जना एचआइभी सङ्क्रमित फेला परेका थिए । जिल्लामा १० हजार ७५९ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका थिए । त्यसअघिको आव २०७/र८० मा १०९ जनामा सङ्क्रमण देखिएको थियो । उक्त आवमा १७ हजार ३२८ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका थिए ।
फोकल पर्सन शाहले बाँकेमा आव २०८१/८२ मा ६१३ जना एचआइभी सङ्क्रमित भेरी अस्पतालमा ‘एआरटी’ उपचारमा रहेको बताए।
त्यसैगरी पिएमटिसिटी कार्यक्रमअन्तर्गत २८ हजार २३४ जना गर्भवती आमाहरूलाई एचआइभी जाँच गर्दा नयाँ एचआइभी सङ्क्रमित नभेटिएको बताइएको छ । भेरी अस्पताल नेपालगञ्जमा गत आव २०८०/८१ मा सात जना एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माएका थिए भने अघिल्लो आवमा पाँच जना सङ्क्रमितले स्वस्थ बच्चा जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: