Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सर्वाेच्चकाे २४ घण्टे परमादेशपछि मधेसमा सत्ता उथलपुथल

एमालेको नेतृत्व जोगिने सम्भावना अन्त्य

खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेश सार्वजनिक भएपछि प्रदेशको राजनीतिक वृत्त अचानक तातेको छ। आदेश जारी भएका क्षणदेखि नै सत्ता–विपक्ष दुवै पक्ष बहुमत आफ्ना पक्षमा मोड्ने कसरतमा तीव्र रूपमा जुटेका छन्।

नेपाली कांग्रेससहित सात दलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री यादवले समयसीमा भित्र विश्वासको मत लिन नसके संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई परमादेश दिएको हो।

यादव नेतृत्व टिक्ने सम्भावना क्षीण

हालको अंकगणित हेर्दा यादवले आवश्यक ५४ मत जुटाउन सक्ने अवस्था अत्यन्त कमजोर देखिएको छ। एमालेसँग २५ सांसद भए पनि एक निलम्बित छन्। नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक सांसद समर्थनमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही अघि बढाइसकेकाले स्थिति जटिल बनेको छ।

विपक्षी सातदलीय मोर्चा – कांग्रेस (२२), जसपा नेपाल (१८), जनमत पार्टी (१३), माओवादी केन्द्र (९), लोसपा (८), एकीकृत समाजवादी (७) र नागरिक उन्मुक्ति पार्टी (१) – गरी दुई तिहाइ नजिकको शक्ति आर्जन गरिसकेकाले नयाँ सरकार गठन उनीहरूका लागि सहज देखिएको छ।

मुख्यमन्त्रीकै स्वीकारोक्ति : विश्वासको मत गाह्रो

सर्वोच्चको आदेशपछि मुख्यमन्त्री यादवले स्वयं पनि बहुमत प्राप्त गर्ने सम्भावना कमजोर भएको संकेत दिएका छन्।
“यदि प्रक्रिया उपधारा (५) मा गएको भए स्थिति फरक हुन्थ्यो, तर अदालतले उपधारा (२) मा जान भनेपछि अब सबै विकल्प खुला छन्,” यादवले प्रतिक्रिया दिएका छन्।

असंवैधानिक प्रक्रिया बहसले प्रमुख र सभामुख दुवै गुमे

यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा धारा १६८(३) अनुसार सरकार गठन गर्दा प्रदेश प्रमुख र सभामुख दुबैले समर्थन गरेको आरोप विपक्षले लगाएको थियो। यही प्रक्रिया ‘असंवैधानिक’ भएको भन्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेपछि दुवै पदबाट हटाइएका थिए।

एमालेको नेतृत्व जोगिने सम्भावना अन्त्य

विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री यादवको पद जाने लगभग निश्चित देखिएको छ। त्यसपछि प्रदेशमा नयाँ राजनीतिक समीकरणमा आधारित सरकार गठन हुने वातावरण बनिसकेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending