काठमाडौं। नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर बोहरामाथि ‘५ अर्ब सेटिङ’को संगीन आरोप लगाएका छन्।
बस्नेतले फेसबुकमा स्टाटस लेख्दै दाबी गरेका छन् कि दुवै मन्त्री मिलेर ठूला विद्युत् परियोजनामा अनियमितता गर्न खोजेको छ। उनका अनुसार अघिल्लो सरकारले दीर्घकालीन ऊर्जा सुरक्षालाई ध्यानमा राखेर ‘टेक–अर–पे’ मोडालिटीमा पावर पर्चेज एग्रिमेन्ट (पीपीए) नगर्ने नीति ल्याएको थियो।
तर वर्तमान सरकारले प्रवर्द्धकहरूसँग प्रतिमेगावाट १० लाख रुपैयाँ उठाएर ५ हजार मेगावाट परियोजनामा टेक–अर–पे मोडालिटी पुनः लागू गर्ने तयारी गरेको बस्नेतको दाबी छ। उनले भने, “अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र यसबाट करिब ५ अर्ब रुपैयाँ संकलन गरी चुनावी खर्च व्यवस्थापन गर्ने योजना बनाइएको छ।”
बस्नेतले यो कदमले विद्युत प्राधिकरणको वित्तीय अवस्था बिग्रने चेतावनी पनि दिएका छन्। उनका अनुसार, प्रवर्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने योजना पुरा भए मात्र मन्त्रीले राजीनामा दिने तयारी गरेको पनि सार्वजनिक गरेका छन्।
बस्नेतको यो आरोपले सरकारको ऊर्जा नीति र विद्युत परियोजनामा पारदर्शिता सम्बन्धी प्रश्न उठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: