Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

रुस र अमेरिकाद्वारा आणविक परीक्षण पुन: सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

खबरडबली संवाददाता

भिएना। संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुन: आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्ररूपमा चिन्तित बनेको छ । यस्तो चेतावनीले दशकौँदेखि कायम रहेको विश्वव्यापी परीक्षण(प्रतिबन्धको मानक नै खस्किन सक्ने र अप्रसार प्रयासमा गम्भीर असर पर्न सक्ने विज्ञको आकलन छ ।

अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा ‘अन्य देशको परीक्षण कार्यक्रमका कारण’ पुन: परीक्षण प्रक्रिया तुरुन्तै सुरु गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरेपछि तनाव बढेको हो । त्यसको जवाफमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरक्षा परिषद्लाई कुनै पनि देश(विशेषत: अमेरिकाले परीक्षण गरे रूस ‘पारस्परिक प्रतिक्रिया’ दिन बाध्य हुने चेतावनी दिए।

सन्धिबाट स्थापित मानकमाथि जोखिम

सन् १९५० को दशकमा अमेरिका र सोभियत सङ्घले वातावरणमै शक्तिशाली परीक्षण गरेपछि पैदा भएको चिन्ताले सीमित आणविक परीक्षण-प्रतिबन्ध सन्धि ल्यायो, जसले भूमिगत परीक्षणलाई भने अनुमति दियो । त्यसपछि सबै प्रकारका परीक्षण रोक्ने उद्देश्यले सन् १९९६ मा व्यापक आणविक(परीक्षण-प्रतिबन्ध सन्धि (सिटिबिटी) संयुक्त राष्ट्रसङ्घीय महासभाबाट पारित भयो ।

हालसम्म १८७ देशले सन्धिमा हस्ताक्षर गरेका छन् भने १७८ ले अनुमोदन गरिसकेका छन् । तर सन्धि प्रभावकारी बनाउन आवश्यक ४४ मुलुकमध्ये चीन, इजिप्ट, इरान, इजरायल र अमेरिकाले अनुमोदन गरेका छैनन् । भारत, पाकिस्तान र उत्तर कोरियाले त हस्ताक्षर नै गरेका छैनन् । रूसले सन् २०२३ मा आफ्नो अनुमोदन फिर्ता लिएको थियो ।

सन्धिसँगै भिएनामा व्यापक आणविक(परीक्षण(प्रतिबन्ध सन्धि सङ्गठन ९सिटिबिटिओ०को स्थापना भयो, जसले ३०७ अनुगमन स्टेशनमार्फत भूकम्पीय, हाइड्रो(आकौस्टिक, इन्फ्रासाउन्ड र रेडियोन्युक्लाइड प्रविधि प्रयोग गरी विश्वभर परीक्षण पत्ता लगाउँछ । सन् २०२५ को बजेट करिब १३ करोड ९० लाख डलर छ ।

परीक्षण पुन: सुरु भए चीन र भारतलाई फाइदा

आम्र्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक डेरिल किम्बलका अनुसार अमेरिकाले पूर्ण-स्तरको परीक्षण पुन: सुरु गरे कमजोर अनुभव भएका अन्य देशहरू-विशेषत: चीन र भारतलाई साना तथा हल्का वारहेड डिजाइन परिष्कृत गर्न अवसर मिल्नेछ, जसले विश्व सुरक्षामा जोखिम बढाउँछ । सन १९९६ पछि भारत, पाकिस्तान र उत्तर कोरियाले मात्रै १० वटा परीक्षण गरेका छन्, तर अमेरिकाले अन्तिम परीक्षण सन् १९९२ मा गरेको थियो । कुल दुई हजार जति परीक्षणमध्ये अधिकांश सन् १९९६ अघि नै अमेरिका र सोभियत सङ्घले गरेका थिए ।

वैज्ञानिक अनुगमनको भूमिका

तनाव बढ्दै जाँदा सिटिबिटिओको भूमिका अझ महत्वपूर्ण भएको छ । कार्यकारी सचिव रोबर्ट फ्लोइडका अनुसार सङ्गठनको प्रमुख काम कहीँ पनि, कुनै पनि समयमा आणविक विस्फोट भयो कि भएन भनेर निश्चित जानकारी दिएर ‘विश्वलाई आत्मविश्वास दिलाउनु’ हो । छ वटा उत्तर कोरियाली परीक्षण सबै सङ्गठनको नेटवर्कले सफलतापूर्वक पत्ता लगाएको थियो ।

सबै परीक्षण विस्फोटयुक्त हुँदैनन्

ट्रम्पले कस्तो परीक्षणको सङ्केत गर्नु भएको थियो भन्ने अस्पष्ट छ । अमेरिकी ऊर्जामन्त्री क्रिस राइटका अनुसार सम्भावित नयाँ परीक्षणमा ‘विस्फोट हुने सुपरक्रिटिकल’ प्रयोग समावेश नहुन सक्छन् । सिटिबिटस्ले शून्य(उपज मानकअनुसार कुनै पनि विस्फोटयुक्त परीक्षणलाई प्रतिबन्धित गर्छ । आत्म(निर्भर शृङ्खला प्रतिक्रिया नहुने सबक्रिटिकल परीक्षण सिटिबिटी उल्लङ्घनमा पर्दैनन् र धेरै राष्ट्रले चलाउँदै आएका छन् ।

तर धातु कक्षाभित्र गरिने अत्यन्त कम-उपजका हाइड्रो-न्युक्लियर परीक्षण भने सङ्गठनको अनुगमन प्रणालीबाट पत्ता नलाग्न सक्ने किम्बलको भनाइ छ, जसले ‘प्रमाणीकरण अन्तर’ सिर्जना गर्छ । प्रणाली मूलत: एक किलोटन विस्फोट पत्ता लगाउन डिजाइन गरिएको भए पनि हाल ५०० टन टिएनटी बराबरको विस्फोटसमेत पहिचान गर्न सक्षम भएको फ्लोइडको दाबी छ । तुलनार्थ, हिरोसिमामा खसालिएको बमको शक्ति लगभग १५ किलोटन थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान र संघीयतामाथि आक्रमण भए ‘अग्रगामी मोर्चा’ले प्रतिवाद गर्ने परियारको चेतावनी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...

एमालेबाट चार समूह टाढिएको पोखरेलको स्वीकारोक्ति, ‘पपुलिज्म’ चुनौती बन्दै

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...

देउवा नेपाल फर्किने मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...

काम गर्ने कार्यकर्तालाई राप्रपामा अवसर, निष्क्रियलाई विदाइ गर्ने लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...

पूर्व नगर प्रमुख सिंह सम्पर्कविहीन

कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending