काठमाडौं । असोज र कात्तिक महिनामा परेका अविरल वर्षा, बाढी–पहिरो र डुबानका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्ब ६७ करोड २८ लाख रुपियाँभन्दा बढी क्षति भएको छ ।
असोजको दोस्रो साता र कात्तिकको दोस्रो सातामा आएका विपद्को असरले धानसहितका बाली तथा पशुपन्छी क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको हो ।
मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादन ५ देखि ७ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कात्तिक १५ देखि १७ गतेसम्मको वर्षाले मात्र दुई अर्ब ९१ करोड १६ लाख बराबरको क्षति पुर्यायो भने असोज १७ देखि १९ गतेसम्मको वर्षाले तीन अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपियाँको नोक्सानी भएको छ ।
कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले सबैभन्दा धेरै धान खेती प्रभावित बनाएको मन्त्रालयको निष्कर्ष छ । सोही अवधिमा २० हजार हेक्टर क्षेत्रफलमा लगाइएको ७५ हजार ६७४ मेट्रिक टन धानबाली नष्ट हुँदा दुई अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपियाँ बराबरको क्षति पुगेको हो ।
सबैभन्दा धेरै क्षति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पुगेको छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार कात्तिकको वर्षाले मात्रै करिब तीन अर्ब रुपियाँ बराबरको कृषि तथा पशुपन्छी क्षेत्र प्रभावित बनाएको छ ।
देशभर पाक्ने चरणमा रहेको धान डुबानमा परेको तथा काटिसकिएको धानमा पानी पस्दा २० हजार १.५२ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । प्रदेशगत विवरणअनुसार कोशी प्रदेश सबैभन्दा बढी प्रभावित रहेको छ, जहाँ मात्र दुई अर्ब पाँच करोड ४३ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ ।
त्यसपछि मधेश प्रदेशमा २२ करोड ७६ लाख, लुम्बिनीमा १३ करोड ६८ लाख, गण्डकीमा एक करोड ८० लाख र बागमतीमा ४७ लाख रुपियाँ बराबरको क्षति देखिएको छ ।
धानबाहेक तरकारी तथा अन्य नगदे बालीमा पनि बेमौसमी वर्षाले ठूलो असर पारेको छ । देशभर ५८६ हेक्टर क्षेत्रफलमा तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख रुपियाँको क्षति भएको छ । सुनसरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीजस्ता तरकारी उत्पादनमा अगाडि रहेका जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।
यस्तै आलु, कोदो, दलहन, तेलहन र केराबालीमा ६०१ हेक्टर क्षेत्रफल प्रभावित भई करिब दुई करोड ४१ लाख रुपियाँ बराबरको क्षति भएको मन्त्रालयको अध्ययन प्रतिवेदनले देखाएको छ ।
जिल्लागत विवरणमा झापा सबैभन्दा बढी प्रभावित रहेको छ, जहाँ धानबालीमा मात्रै ८० करोड ७३ लाख रुपियाँ बराबरको नोक्सानी पुगेको छ । त्यस्तै मोरङमा ५८ करोड ७८ लाख, सुनसरीमा ४५ करोड ३१ लाख, कपिलवस्तुमा २३ करोड ६ लाख र बर्दघाट–सुस्तापूर्वमा १८ करोड ६१ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
पहाडी जिल्लामा क्षति तुलनात्मक रूपमा कम देखिए पनि काभ्रे, दोलखा र धादिङमा धान तथा कोदोबाली आंशिक रूपमा प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: