Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

देशभर बाढी पहिराेबाट कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्ब ६७ करोड क्षति

खबरडबली संवाददाता

काठमाडौं । असोज र कात्तिक महिनामा परेका अविरल वर्षा, बाढी–पहिरो र डुबानका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्ब ६७ करोड २८ लाख रुपियाँभन्दा बढी क्षति भएको छ । 

असोजको दोस्रो साता र कात्तिकको दोस्रो सातामा आएका विपद्को असरले धानसहितका बाली तथा पशुपन्छी क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएको हो ।

मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादन ५ देखि ७ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कात्तिक १५ देखि १७ गतेसम्मको वर्षाले मात्र दुई अर्ब ९१ करोड १६ लाख बराबरको क्षति पुर्‍यायो भने असोज १७ देखि १९ गतेसम्मको वर्षाले तीन अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपियाँको नोक्सानी भएको छ ।

कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले सबैभन्दा धेरै धान खेती प्रभावित बनाएको मन्त्रालयको निष्कर्ष छ । सोही अवधिमा २० हजार हेक्टर क्षेत्रफलमा लगाइएको ७५ हजार ६७४ मेट्रिक टन धानबाली नष्ट हुँदा दुई अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपियाँ बराबरको क्षति पुगेको हो ।

सबैभन्दा धेरै क्षति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पुगेको छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार कात्तिकको वर्षाले मात्रै करिब तीन अर्ब रुपियाँ बराबरको कृषि तथा पशुपन्छी क्षेत्र प्रभावित बनाएको छ ।

देशभर पाक्ने चरणमा रहेको धान डुबानमा परेको तथा काटिसकिएको धानमा पानी पस्दा २० हजार १.५२ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । प्रदेशगत विवरणअनुसार कोशी प्रदेश सबैभन्दा बढी प्रभावित रहेको छ, जहाँ मात्र दुई अर्ब पाँच करोड ४३ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ ।

त्यसपछि मधेश प्रदेशमा २२ करोड ७६ लाख, लुम्बिनीमा १३ करोड ६८ लाख, गण्डकीमा एक करोड ८० लाख र बागमतीमा ४७ लाख रुपियाँ बराबरको क्षति देखिएको छ ।

धानबाहेक तरकारी तथा अन्य नगदे बालीमा पनि बेमौसमी वर्षाले ठूलो असर पारेको छ । देशभर ५८६ हेक्टर क्षेत्रफलमा तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख रुपियाँको क्षति भएको छ । सुनसरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीजस्ता तरकारी उत्पादनमा अगाडि रहेका जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।

यस्तै आलु, कोदो, दलहन, तेलहन र केराबालीमा ६०१ हेक्टर क्षेत्रफल प्रभावित भई करिब दुई करोड ४१ लाख रुपियाँ बराबरको क्षति भएको मन्त्रालयको अध्ययन प्रतिवेदनले देखाएको छ ।

जिल्लागत विवरणमा झापा सबैभन्दा बढी प्रभावित रहेको छ, जहाँ धानबालीमा मात्रै ८० करोड ७३ लाख रुपियाँ बराबरको नोक्सानी पुगेको छ । त्यस्तै मोरङमा ५८ करोड ७८ लाख, सुनसरीमा ४५ करोड ३१ लाख, कपिलवस्तुमा २३ करोड ६ लाख र बर्दघाट–सुस्तापूर्वमा १८ करोड ६१ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

पहाडी जिल्लामा क्षति तुलनात्मक रूपमा कम देखिए पनि काभ्रे, दोलखा र धादिङमा धान तथा कोदोबाली आंशिक रूपमा प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending