काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्ला कमिटीलाई पाँच दिनभित्र पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ। १६ मंसिरमा जारी पत्रमार्फत केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले सदरमुकाममा गरिएको प्रतिनिधि चयन प्रक्रिया अस्वीकार्य भएको स्पष्ट गरेका हुन्।
पत्रमा अपानी–१३ को निर्देशन, आठमध्ये छ पालिका कमिटीहरूको माग, अधिकांश इच्छुक उम्मेदवारहरूको आपत्ति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन विपरीत प्रक्रिया अघि बढाइएकाले प्रतिनिधि चयन अमान्य ठहर गरिएको उल्लेख छ।
नयाँ निर्वाचनका लागि सबै आम सदस्यलाई प्रभावकारी सूचना प्रवाह गर्दै प्रत्येक पालिकामा मतदान केन्द्र स्थापना गर्न पनि निर्देशन गरिएको छ। पुनः निर्वाचन सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राईसहित केन्द्रीय नेता विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई समन्वयकर्ताको रुपमा जिम्मेवारी तोकिएको छ।
शनिबार सम्पन्न प्रतिनिधि छनोटमा जम्मा १,५१८ मत खसेको थियो। सो निर्वाचनमा ईश्वर पोखरेल समूहले सबै १२ पदमा ‘क्लिन स्वीप’ गर्दै पूर्ण जीत हात पारेको थियो। खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका थिए।
महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ, युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधि चयन भएका थिए। १२ पदका लागि ४१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
जिल्लामा ७,१३५ मतदाता रहेकोमा मात्र १,५१८ मत खसेको र सदरमुकाममै सीमित मतदान केन्द्रका कारण प्रक्रिया स्वीकार्य नहुने भन्दै एमाले कोशी प्रदेश कमिटीले पहिल्यै आपत्ति जनाएको थियो। प्रदेश अध्यक्ष घनश्याम खतिवडाले १५ प्रतिशत पनि मत नखसेको भन्दै निर्वाचन परिणाम मान्य नभएको बताएका थिए।
अब केन्द्रीय निर्देशनअनुसार ओखलढुङ्गामा पाँच दिनभित्र सबै पालिकामा मतदान केन्द्र राखेर पुनः प्रतिनिधि छनोट प्रक्रिया शुरु हुने भएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: