तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष करिब दुई करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा रहेको यो गाउँ अहिले सुन्तला टिप्न र मिलाउनमै व्यस्त देखिन्छ।
किसान फलबहादुर थापाका अनुसार उनले मात्र यो वर्ष १६ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेका छन्। सिद्धबेनी माध्यमिक विद्यालयका पूर्व शिक्षक थापाले सुन्तला खेती गाउँको मुख्य आम्दानी स्रोत बनेको बताउँदै कुल कारोबार करिब दुई करोड रुपैयाँ पुगेको जानकारी दिए।
स्थानीय किसान कालबहादुर रानाले चार लाख रुपैयाँको सुन्तला बेचेको बताए। उत्पादन बिक्रीमा समस्या नपरेको उल्लेख गर्दै उनले भने, “ठेकेदार नै गाउँमै आइपुग्छन्। मोलमोलाइपछि बोटैका हिसाबले फल किन्ने, टिप्ने र ढुवानी गर्ने सबै काम ठेकदारले गर्छन्।”
मनसिंह थापाले सुन्तला खेती अन्य खेतीभन्दा सहज र बढी आम्दानी दिने भएकोले किसान यसतिर आकर्षित हुँदै गएको बताए। उनले यो वर्ष दुई लाख १० हजार मूल्यको सुन्तला बिक्री गरेका छन्। “मङ्सिरभरि हामीलाई सुन्तला बेच्नै भ्याइन्न,” थापाले भने।
यद्यपि भिरालो सडक र स्तरोन्नति नहुनु बेनीकोटका किसानहरूको प्रमुख चुनौती बनेको छ। व्यवसायी लेखबहादुर थापाका अनुसार जोखिमपूर्ण बाटोका कारण ढुवानीमा कठिनाइ भइरहे पनि दैनिक पाँच गाडीभरि सुन्तला बजार पुर्याइन्छ।
बेनीकोटका प्रत्येक किसानसँग २० देखि ८०० बोटसम्म सुन्तलाका बिरुवा छन्। यहाँको उत्पादन काठमाडौँ, चितवन, पोखरा लगायतका बजारमा पुग्ने गरेको छ। मङ्सिर महिना धान भित्र्याउने समय भए पनि बेनीकोटका किसानका लागि भने यो मुख्य आम्दानी दिने सुन्तला टिप्ने र बेच्ने व्यस्त मौसम हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: