Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

पाँच महिनापछि रसुवागढी नाका सुचारु हुने तयारी, कोरोला नाका बन्द हुने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण मानिने रसुवागढी नाका पाँच महिनापछि पुनः सञ्चालनमा आउने भएको छ। गत असार २४ मा चीनतर्फबाट आएको बाढीले मितेरी पुल बगाएपछि अवरुद्ध भएको नाका चीनले निर्माण गरिरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेसँगै पुनः खुल्ने निश्चित भएको हो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेलिब्रिजको निर्माण कार्य पूरा हुन लागेका कारण अब छिट्टै लोड–क्यापासिटी परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि चीनले पुल नेपाल सरकारलाई हस्तान्तरण गर्ने र दुई देशका अधिकारीबीचको समकक्षी बैठकले नाका खोल्ने आधिकारिक मिति तय गर्ने बताइएको छ।

उता, रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा विकल्पका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरोला नाका भने बन्द हुने संकेत देखिएको छ। अत्यधिक चिसोका कारण चीनले डिसेम्बर १ बाट कोरोला नाका बन्द गर्ने निर्णय गरिसकेको छ भने जाँचपासमा रहेका कन्टेनरहरू मात्र हाल चलाइँदैछन्। नयाँ सामान लोड भने रोकिएको छ।

रसुवा, तातोपानी र कोरोला तीनै नाका लामो समय प्रभावित हुँदा दसैँ–तिहारका लागि अर्बौँका सामान तिब्बतमै अड्किएर नेपाली व्यवसायी ठूलो आर्थिक संकटमा परेका थिए।

दसैँपछि सञ्चालनमा आएको कोरोला नाकाबाट कात्तिक मसान्तसम्म ७ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात र ८ करोड ३८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। त्यस्तै, यो अवधिमा तातोपानी नाकाबाट १३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सामान आयात भएको छ। रसुवागढी भन्सारको हालको आयात भने बाढीपहिरोअघि भित्रिएका तर पछि जाँचपासमा परेकै कारण देखिएको बताइन्छ।

यसैबीच, स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारका लागि सरकारले बाटो खुला गर्न अनुमति प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनको अनुदानमा विस्तार हुने सडकका लागि निकुञ्ज क्षेत्र अस्थायी रूपमा प्रयोग गर्न दिने र निर्माण सामग्रीमा लाग्ने दस्तुर छुट दिने निर्णय गरेको हो। यसपछि सडक विस्तार चाँडो अघि बढ्ने र दीर्घकालीन रूपमा नेपाल–चीन व्यापार सहज हुने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending