Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

खबरडबली संवाददाता

सिड्नी । युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।

अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्तालाई प्रतिबन्ध लगाउने योजना बनाएको छ । युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भने,“यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकबाट यस्ता चिन्ता सुनेका छौँ ।”

युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ता स्वचालितरूपमा साइन आउट हुने छन् । यी प्रयोगकर्ता खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङ गुमाउने छन् । लर्डले भने,“हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौँ ।”

युट्युबले खाता सुरक्षित राख्ने र प्रयोग कर्ता १६ वर्ष पुगेपछि पुन: सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन । अस्ट्रेलियाली सञ्चारमन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भने,“यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्णरूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइ रहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।”

विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमसँग जुझ्दै नियामकले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् । अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्णरूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोग कर्ता नियमको घेरबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । 

तर यदि प्लेटफर्मले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर ९३२ लाख अमेरिकी डलर० जरिवाना लाग्ने छ । मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...

रास्वपा कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएको भन्दै विवाद

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...

‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...

सामुदायिक वनको आम्दानी, संरक्षणसँगै गाउँको विकास

अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending