Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कांग्रेस महाधिवेशन : गगन थापा सभापति उम्मेदवार, पूर्व पदाधिकारी समूह अझै सहमतिमा जुटेन

कल्याण गुरुङ पनि फेरि मैदानमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू खुल्न थालेका छन् । महाधिवेशनको मिति घोषणा भएको केही दिनमै महामन्त्री गगन थापाले बुधबार ‘यक्ष प्रश्न’ टेलिभिजन कार्यक्रममार्फत सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

यसअघि नै संस्थापनइतर नेता डा. शेखर कोइरालाले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्।

त्यसैगरी सात पूर्व पदाधिकारीको समूह  विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतले साझा उम्मेदवार बनाउने दाबी गरे पनि आन्तरिक सहमति जुट्न सकेको छैन।
यीमध्ये गच्छदार र महत बाहेक बाँकी पाँचै जना सभापति पदमा आकांक्षी छन्।

निधि र प्रकाशमानको इतिहास

१३ औं महाधिवेशनमा सभापतिमा उठेका निधि तेस्रो बनेका थिए। १४ औं मा उनी देउवासँग प्यानलमा गएका छन् । गत महाधिवेशनमा निधि र प्रकाशमान दुबैले सभापतिमा उम्मेदवारी दिएका थिए । प्रकाशमान तेस्रो र निधि चौथो स्थानमा रहँदै दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए। पछि देउवाले दुवैलाई मनोनित केन्द्रीय सदस्य बनाएका थिए।

कल्याण गुरुङ पनि फेरि मैदानमा

गत महाधिवेशनमा २२ मतसहित पाँचौं बनेका कल्याण गुरुङले पनि यसपटक फेरि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दोस्रो चरणको मतदानमा कल्याण पनि सभापतिमा देउवालाई सघाए । त्यसपटक पाँचौं स्थानको मत पाएका कल्याणले यसपटक पनि सभापतिमा उम्मदेवारी दिने बताएका छन् ।

गुरुङले यसपटक प्यानल सहित मैदानमा उत्रने बताउँदै भने, “अरूलाई समर्थन गर्न सक्दिनँ, बरु उहाँहरूले मलाई साथ दिएमा सहकार्य सम्भव छ।”

गुरुङले प्यानल बनाएर सभापति पदमा उठ्ने र  केही दिनमा प्यानल सहित सार्वजनिक घोषणा गर्ने बताए  ।

अघिल्लो महाधिवेशनमा प्यानल नबनाउनु आफ्नो गल्ति भएको गुरुङले बताए । सभापति पदको उम्मेदवार बन्न अन्य आकांक्षीलाई साथ आफूले दिन नसक्ने उनले बताए । गुरुङ भन्छन्, ‘मलाई उहाँहरुले साथ दिनुहुन्छ भने सहकार्य हुनसक्छ । अरुलाई समर्थन गर्न म सक्दिनँ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending