Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कांग्रेस महाधिवेशन : गगन थापा सभापति उम्मेदवार, पूर्व पदाधिकारी समूह अझै सहमतिमा जुटेन

कल्याण गुरुङ पनि फेरि मैदानमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू खुल्न थालेका छन् । महाधिवेशनको मिति घोषणा भएको केही दिनमै महामन्त्री गगन थापाले बुधबार ‘यक्ष प्रश्न’ टेलिभिजन कार्यक्रममार्फत सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

यसअघि नै संस्थापनइतर नेता डा. शेखर कोइरालाले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्।

त्यसैगरी सात पूर्व पदाधिकारीको समूह  विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतले साझा उम्मेदवार बनाउने दाबी गरे पनि आन्तरिक सहमति जुट्न सकेको छैन।
यीमध्ये गच्छदार र महत बाहेक बाँकी पाँचै जना सभापति पदमा आकांक्षी छन्।

निधि र प्रकाशमानको इतिहास

१३ औं महाधिवेशनमा सभापतिमा उठेका निधि तेस्रो बनेका थिए। १४ औं मा उनी देउवासँग प्यानलमा गएका छन् । गत महाधिवेशनमा निधि र प्रकाशमान दुबैले सभापतिमा उम्मेदवारी दिएका थिए । प्रकाशमान तेस्रो र निधि चौथो स्थानमा रहँदै दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए। पछि देउवाले दुवैलाई मनोनित केन्द्रीय सदस्य बनाएका थिए।

कल्याण गुरुङ पनि फेरि मैदानमा

गत महाधिवेशनमा २२ मतसहित पाँचौं बनेका कल्याण गुरुङले पनि यसपटक फेरि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दोस्रो चरणको मतदानमा कल्याण पनि सभापतिमा देउवालाई सघाए । त्यसपटक पाँचौं स्थानको मत पाएका कल्याणले यसपटक पनि सभापतिमा उम्मदेवारी दिने बताएका छन् ।

गुरुङले यसपटक प्यानल सहित मैदानमा उत्रने बताउँदै भने, “अरूलाई समर्थन गर्न सक्दिनँ, बरु उहाँहरूले मलाई साथ दिएमा सहकार्य सम्भव छ।”

गुरुङले प्यानल बनाएर सभापति पदमा उठ्ने र  केही दिनमा प्यानल सहित सार्वजनिक घोषणा गर्ने बताए  ।

अघिल्लो महाधिवेशनमा प्यानल नबनाउनु आफ्नो गल्ति भएको गुरुङले बताए । सभापति पदको उम्मेदवार बन्न अन्य आकांक्षीलाई साथ आफूले दिन नसक्ने उनले बताए । गुरुङ भन्छन्, ‘मलाई उहाँहरुले साथ दिनुहुन्छ भने सहकार्य हुनसक्छ । अरुलाई समर्थन गर्न म सक्दिनँ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending