हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले तीनवर्षे इन्द्रायणी जात्राको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको ३० कात्तिकमा बसेको बैठकले तीनदिने जात्राको दोस्रो दिन नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले जानकारी दिए। बिहीबार उधौली पर्वमा संघीय सरकारले सार्वजनिक बिदा दिएको छ भने शनििबार २० गते पनि बिदा परेकाले थाहावासीले लगातार तीन दिन बिदा पाउने भएका छन्।
करिब ३५० वर्षदेखि थाहा नगरपालिकाको इन्द्रायणी चौरमा मेला लाग्दै आएको छ। साबिकका दामन र पालुङ क्षेत्रका मेलामध्ये यो सबैभन्दा पुरानो र ऐतिहासिक मेला मानिन्छ। इन्द्रायणी जात्रा सांस्कृतिक रूपमा नेवार र देउला समुदायसँग प्रत्यक्ष रूपमा जोडिएको छ। जात्राका लागि पूजाविधि अनुसारका तयारी पूरा भएको इन्द्रायणी भगवती कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले बताए।
जात्राका लागि ८८पालुङ देउला गाउँ ९इन्द्रायणी बस्ती०८८बाट खाली रथ पालुङ ल्याइने गरेको छ। तीनवर्षे यो जात्रा तान्त्रिक विधिविधान अनुसार मनाइन्छ। जात्रा सुरु हुनुअघि मंसिर शुक्ल द्वादशीका दिन खाली रथ देउला टोलबाट नेवार बस्ती पालुङमा ल्याउने परम्परा रहेको छ। रथ बोकेर ल्याउने कार्य नेवार समुदायका व्यक्तिहरूले नै गर्ने चलन छ।
जात्राको अवसरमा इन्द्रायणी, कुमारी, कालाभैरव र गणेशका रथारोहण गरिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १५:४५
अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...
मंसिर २६ गते, २०८२ - १४:४९
काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् । वरिष्ठ उपाध्यक्ष ...
मंसिर २६ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै ब...
मंसिर २६ गते, २०८२ - १४:१६
बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छव...
मंसिर २६ गते, २०८२ - १४:००
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नग...
मंसिर २६ गते, २०८२ - १३:४६
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृ...




प्रतिकृया लेख्नुहोस्: