Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

तीनवर्षे इन्द्रायणी जात्राको अवसरमा शुक्रबार सार्वजनिक बिदा

खबरडबली संवाददाता

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले तीनवर्षे इन्द्रायणी जात्राको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको ३० कात्तिकमा बसेको बैठकले तीनदिने जात्राको दोस्रो दिन नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले जानकारी दिए। बिहीबार उधौली पर्वमा संघीय सरकारले सार्वजनिक बिदा दिएको छ भने शनििबार २० गते पनि बिदा परेकाले थाहावासीले लगातार तीन दिन बिदा पाउने भएका छन्।

करिब ३५० वर्षदेखि थाहा नगरपालिकाको इन्द्रायणी चौरमा मेला लाग्दै आएको छ। साबिकका दामन र पालुङ क्षेत्रका मेलामध्ये यो सबैभन्दा पुरानो र ऐतिहासिक मेला मानिन्छ। इन्द्रायणी जात्रा सांस्कृतिक रूपमा नेवार र देउला समुदायसँग प्रत्यक्ष रूपमा जोडिएको छ। जात्राका लागि पूजाविधि अनुसारका तयारी पूरा भएको इन्द्रायणी भगवती कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले बताए।

जात्राका लागि ८८पालुङ देउला गाउँ ९इन्द्रायणी बस्ती०८८बाट खाली रथ पालुङ ल्याइने गरेको छ। तीनवर्षे यो जात्रा तान्त्रिक विधिविधान अनुसार मनाइन्छ। जात्रा सुरु हुनुअघि मंसिर शुक्ल द्वादशीका दिन खाली रथ देउला टोलबाट नेवार बस्ती पालुङमा ल्याउने परम्परा रहेको छ। रथ बोकेर ल्याउने कार्य नेवार समुदायका व्यक्तिहरूले नै गर्ने चलन छ।

जात्राको अवसरमा इन्द्रायणी, कुमारी, कालाभैरव र गणेशका रथारोहण गरिन्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सब इन्जिनियर हत्या घटना: सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...

जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो

जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।  मुख्...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल खुल्यो

सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।  आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...

दाङमा आजपाका उम्मेदवारद्वारा नेकपा उम्मेदवारलाई समर्थन घोषणा

दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव सुनकोशी किनारामा फेला

रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...

नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE