Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

खबरडबली संवाददाता

काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

बाह्रौँ विश्व माटो दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना ब्यक्त गर्दै भनेका छन्– “तीनवटै तहका सरकारको समन्वयमा माटो स्वास्थ्य सुधारका लागि घुम्ती माटो शिविर सञ्चालन, विषादीको समुचित प्रयोग केन्द्रित सचेतनामूलक माटो व्यवस्थापन र दिगो कृषिमा सम्झौता नगरी कृषि व्यावसायिकीकरण प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप बढावा दिइनुपर्ने आवश्यकता रहेको छ ।”

संयुक्त राष्ट्र सङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउन सुरुआत आएसँगै नेपालमा विसं २०७२ देखि विश्व माटो विवस मनाइँदै आएको छ ।

मन्त्री परियारले भने, “माटो कृषि उत्पादनको प्रमुख माध्यम हो, साथै, पृथ्वीलाई जीवन्त राखी सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न माटोको महत्वपूर्ण भूमिका रहेको छ, तथापि, सघन खेतीसँगै बढ्दो रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटोको भौतिक, रासायनिक र जैविक गुणमा नकारात्मक असर परेको छ ।”

योसँगै अव्यवस्थित सहरीकरण, पूर्वाधार निर्माण एवं औद्योगिकीकरणका कारण माटोमा पानी सोस्ने क्षमतामा ह्रास आएको तथा प्रदूषण वृद्धि भएको उनको भनाइ छ । त्यसबाट उत्पादन र उत्पादकत्वमा ह्रास आउनाका साथै ग्रामीण तथा सहरी वातावरणीय सन्तुलनमा समेत गम्भीर चुनौती सृजना हुने उनले बताए । खेती धेरै हुने गाउँको माटो जस्तै सहरको माटो समेत स्वस्थ हुनु पर्यावरणीय दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । गाउँको माटो उत्पादनको स्रोत हो र सहरको माटो हरियाली कायम राख्ने, तापक्रम कम गर्ने र कार्बन भण्डारण गर्ने साधन हो, समग्र पर्यावरणीय सन्तुलनका लागि गाउँ र सहरको माटो एकापसमा अन्तरसम्बन्धित रहेका छन्”, सन्देशमा भनिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सब इन्जिनियर हत्या घटना: सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...

जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो

जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।  मुख्...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल खुल्यो

सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।  आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...

दाङमा आजपाका उम्मेदवारद्वारा नेकपा उम्मेदवारलाई समर्थन घोषणा

दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव सुनकोशी किनारामा फेला

रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...

नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE