Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

‘सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित’

खबरडबली संवाददाता

काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ ।

नेपाली समाजको छायाँमा रहेर बाँच्न र काम गर्न बाध्य चार समूहका महिलाः यौन श्रमिक, मनोरञ्जन क्षेत्रमा संलग्न श्रमिक, घरेलु श्रमिक र सशस्त्र द्वन्द्धका क्रममा यौन हिंसाबाट प्रभावित महिलाहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा दीर्घकालीन उपेक्षा भोगेको अध्ययनले देखाएको हो ।

प्रतिवेदनमा यी समूहका महिलाहरूले अत्यन्तै आधारभूत स्वास्थ्य सेवासमेत पाउन संघर्ष गर्नुपरेको उल्लेख छ । तरङ्गिनी फाउन्डेशनको संयोजकत्वमा नेपाल महिला एकता समाज, जागृति महिला महासङ्घ र महिलाको निम्ति महिला मञ्चसँग सहकार्य गरी सन् २०२१ मा गरिएको अनुसन्धानको निष्कर्ष स्वरुप “नयाँ सामाजिक अनुबन्धका लागि मानव अधिकारका मार्गहरुः नेपालको स्वास्थ्य अधिकार अन्तर्गतको आधारभूत र अन्य दायित्वहरुको चयनमुखी विश्लेषण” शीर्षकको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनले चारै समूहका महिलाहरुमा गरिबी, कलङ्क र भेदभाव नै स्वास्थ्य अधिकारको मूल अवरोधका रुपमा देखिएको बताउँदै यी महिलाहरुले अस्पतालमा हुने अपमानजनक व्यवहारका कारण स्वास्थ्य सेवा टारेको र कतिपयले पहिचान लुकाउन लामो दुरीको यात्रा गर्नुपरेको देखाएको छ ।

प्रतिवेदनका अनुसार सबै समूहका महिलाले अनियमित महिनावारी, अत्यधिक रक्तस्राव, सेतो पानी बग्ने समस्या, गर्भपतनपछि जटिलता, मानसिक तनावजस्ता समस्या धेरै देखाएका छन् । गरिबी, कलङ्क र असुरक्षित रोजगारीका कारण उनीहरूले समयमै उपचार खोज्न नसकेको उल्लेख गरिएको छ ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू कार्यस्थलमै यौन दुर्व्यवहार, यौन ग्राहकको दबाब, शौचालय नहुँदा हुने असहजता र यौन रोगको उच्च जोखिममा रहेको प्रतिवेदनले बताएको छ । यौन श्रमिकहरूले स्वास्थ्य संस्थामा दुर्व्यवहार, कलङ्क र गोपनीयताको अभावका कारण यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन डराउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी घरेलु कामदारहरू भारी काम र लामो समय उभिनुपर्ने वातावरणका कारण पाठेघर खस्ने समस्या, मूत्र संक्रमण र शारीरिक चोटबाट बढी प्रभावित छन् । फाउन्डेशनकी कानून अधिकृत अश्लेषा जोशीले अध्ययनले महिलाको कामलाई कामका रुपमा मान्यता दिने र उनीहरुको व्यावसायिक सुरक्षा र स्वास्थ्य अधिकारको संरक्षणसहित सबै क्षेत्र र रोजगारीको स्तरमा महिला श्रमिकहरुको दर्ता सुनिश्चित गर्नेलगायत विविध सुझाव दिएको बताइन् ।

सो अध्ययनले यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवा मात्र पर्याप्त नहुने स्पष्ट पार्दै कामको सुरक्षा, हिंसामुक्त वातावरण, सामाजिक सम्मान, पोषण, आवास, र भेदभाव हटाउने प्रणालीगत सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending