काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ ।
नेपाली समाजको छायाँमा रहेर बाँच्न र काम गर्न बाध्य चार समूहका महिलाः यौन श्रमिक, मनोरञ्जन क्षेत्रमा संलग्न श्रमिक, घरेलु श्रमिक र सशस्त्र द्वन्द्धका क्रममा यौन हिंसाबाट प्रभावित महिलाहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा दीर्घकालीन उपेक्षा भोगेको अध्ययनले देखाएको हो ।
प्रतिवेदनमा यी समूहका महिलाहरूले अत्यन्तै आधारभूत स्वास्थ्य सेवासमेत पाउन संघर्ष गर्नुपरेको उल्लेख छ । तरङ्गिनी फाउन्डेशनको संयोजकत्वमा नेपाल महिला एकता समाज, जागृति महिला महासङ्घ र महिलाको निम्ति महिला मञ्चसँग सहकार्य गरी सन् २०२१ मा गरिएको अनुसन्धानको निष्कर्ष स्वरुप “नयाँ सामाजिक अनुबन्धका लागि मानव अधिकारका मार्गहरुः नेपालको स्वास्थ्य अधिकार अन्तर्गतको आधारभूत र अन्य दायित्वहरुको चयनमुखी विश्लेषण” शीर्षकको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रतिवेदनले चारै समूहका महिलाहरुमा गरिबी, कलङ्क र भेदभाव नै स्वास्थ्य अधिकारको मूल अवरोधका रुपमा देखिएको बताउँदै यी महिलाहरुले अस्पतालमा हुने अपमानजनक व्यवहारका कारण स्वास्थ्य सेवा टारेको र कतिपयले पहिचान लुकाउन लामो दुरीको यात्रा गर्नुपरेको देखाएको छ ।
प्रतिवेदनका अनुसार सबै समूहका महिलाले अनियमित महिनावारी, अत्यधिक रक्तस्राव, सेतो पानी बग्ने समस्या, गर्भपतनपछि जटिलता, मानसिक तनावजस्ता समस्या धेरै देखाएका छन् । गरिबी, कलङ्क र असुरक्षित रोजगारीका कारण उनीहरूले समयमै उपचार खोज्न नसकेको उल्लेख गरिएको छ ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू कार्यस्थलमै यौन दुर्व्यवहार, यौन ग्राहकको दबाब, शौचालय नहुँदा हुने असहजता र यौन रोगको उच्च जोखिममा रहेको प्रतिवेदनले बताएको छ । यौन श्रमिकहरूले स्वास्थ्य संस्थामा दुर्व्यवहार, कलङ्क र गोपनीयताको अभावका कारण यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन डराउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी घरेलु कामदारहरू भारी काम र लामो समय उभिनुपर्ने वातावरणका कारण पाठेघर खस्ने समस्या, मूत्र संक्रमण र शारीरिक चोटबाट बढी प्रभावित छन् । फाउन्डेशनकी कानून अधिकृत अश्लेषा जोशीले अध्ययनले महिलाको कामलाई कामका रुपमा मान्यता दिने र उनीहरुको व्यावसायिक सुरक्षा र स्वास्थ्य अधिकारको संरक्षणसहित सबै क्षेत्र र रोजगारीको स्तरमा महिला श्रमिकहरुको दर्ता सुनिश्चित गर्नेलगायत विविध सुझाव दिएको बताइन् ।
सो अध्ययनले यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवा मात्र पर्याप्त नहुने स्पष्ट पार्दै कामको सुरक्षा, हिंसामुक्त वातावरण, सामाजिक सम्मान, पोषण, आवास, र भेदभाव हटाउने प्रणालीगत सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: