Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

खबरडबली संवाददाता

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् ।

उक्तमध्ये ३० मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । सुरक्षा चुनौतीको आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा लमजुङमा ३० मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । 

त्यसैगरी ७७ मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । २३ मतदान स्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ । निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना बनाएर गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अति संवेदनशील मतदान स्थलमा सोही अनुसार सुरक्षाकर्मी थप परिचालन हुने प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताए । यसरी वर्गीकरण गरिएका मतदान स्थलहरूमा सुरक्षार्कीको सङ्ख्या कति र कसरी परिचालन गर्ने भन्नेबारे एकीकृत सुरक्षा योजना बनाइएको प्रजिअ पाण्डेले बताए । 

गत निर्वाचनमा लमजुङमा १२८ मतदान स्थल रहेका थिए । यसपटक २ वटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले जानकारी दिए । थपिएका मतदान स्थलमा दोर्दी गाउँपालिका–२, अर्चलबोटको अलैंचे केदार आधारभूत विद्यालय र बेँसीसहर नगरपालिका–१०, पासाचौरको को कालिका आधारभूत विद्यालय स्थल रहेका छन् ।

मतदान स्थल सिफारिस समितिले मर्स्याङ्दी गाउँपालिका–३, थाकनकोे विनायक आधारभूत विद्यालयमा मतदान स्थल थप्न सिफारिस गरेको थियो । तर स्वीकृत भएन् । 

मतदान केन्द्र र स्थलहरूको सूरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन गर्ने छन् । पहिलो घेरामा निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी), गुप्तचर, नेपाल प्रहरी खटिने छन् । त्यो भन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने बताइएको छ । सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुने छ । नेपाली सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE