काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–कतार सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य, श्रम तथा आप्रवासन, व्यापारलगायत विषयमा महत्वपूर्ण चर्चा–विचार भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सहयोगका आधारमा उत्कृष्ट रूपमा विकसित हुँदै आएको बताउँदै सन्तोष व्यक्त गरे। संयुक्त राष्ट्रसङ्घ तथा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका रूपमा दुबै देशबीच बहुपक्षीय तथा क्षेत्रीय संयन्त्रहरूमा निरन्तर सहकार्य रहँदै आएको उल्लेख गरे।
हालका वर्षहरूमा उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदानले पारस्परिक सम्बन्ध अझ सुदृढ बनेको बताउँदै उनले कतारमा करिब तीन लाख ६५ हजार नेपाली कामदार कार्यरत रहेको जानकारी दिए। रोजगारीका अवसर उपलब्ध गराएकोमा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्दै उनले नेपाली श्रमिकहरूको योगदानले कतारको अर्थतन्त्रसँगै नेपालमा रहेका परिवार र राष्ट्रिय अर्थतन्त्रलाई समेत मजबुत पारेको बताए।
उपराष्ट्रपति यादवले सन् २०२५ को रमादान तथा ईदका अवसरमा नेपाली बन्दीहरूलाई प्रदान गरिएको ‘अमीरि क्षमादान’का लागि कतारका अमिरप्रति आभार व्यक्त गरे। नेपालले २०२६ मा अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति गर्ने तथा २०३० सम्म मध्यम आययुक्त देश बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले कतारसहितका मित्रराष्ट्रहरूको थप लगानी तथा सहयोग आवश्यक हुने बताए।
प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन प्रवर्द्धन र व्यापार विस्तारमा मद्दत गर्ने विश्वास व्यक्त गर्दै उनले काठमाडौँ–दोहा प्रत्यक्ष उडानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा नेपाली जनताको आतिथ्यभाव कतारी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने उल्लेख गरे।
कतारको राष्ट्रिय दिवसका अवसरमा उनले राजदूतमार्फत कतारका अमिर हिज हाइनेस शेख तमिम बिन हमाद अल–थानी र कतारी जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
भेटका क्रममा राजदूत अन्सारीले नेपाल–कतार सम्बन्ध दीगो, ऐतिहासिक र मैत्रीपूर्ण रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा कतारले ३० जना नेपाली नागरिकलाई कारागारबाट रिहा गरेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...
मंसिर २५ गते, २०८२ - १८:०६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...
मंसिर २५ गते, २०८२ - १८:०३
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - १७:५९
रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...
मंसिर २५ गते, २०८२ - १७:५३
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...
मंसिर २५ गते, २०८२ - १७:४९
बेइजिङ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ...




प्रतिकृया लेख्नुहोस्: