Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

माेरङमा एउटै गाउँबाट दुई करोडको तरुल उत्पादन

खबरडबली संवाददाता

मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का किसानले दिएका छन्। पछिल्ला तीन वर्षदेखि यहाँका किसान कन्दमूल (तरुल) को व्यावसायिक खेतीमा आकर्षित भएका छन्।

पहिले केराखेती गर्दै आएका किसानलाई हात्तीले गरेको क्षति बढेपछि उनीहरू वैकल्पिक बाली खोज्दै तरुलतर्फ आकर्षित भए। अहिले राजमार्गको उत्तरी भेगका जमिनमा जताततै तरुल खेती देखिन्छ।

स्थानीय अगुवा किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघामा तरुल खेती गरेर परीक्षण थालेका थिए। पहिलो वर्षमै खर्च कटाएर करिब सवा लाख रुपैयाँ बचत भएपछि उनले दोस्रो वर्ष खेती थप्दै साढे तीन बिघामा विस्तार गरे। दोस्रो वर्ष पाँच लाख रुपैयाँ आम्दानी भएपछि कट्टेलले यस वर्ष सात बिघामा तरुल लगाएका छन्। “रुखो खेत, सिँचाइ कम। केरामा हात्तीले बाली पनि नष्ट गर्थ्यो, जोखिम पनि थियो। त्यसपछि तरुलतर्फ लागेँ,” उनले बताए। यस वर्ष उनले विगतको आम्दानी दोब्बर बनाउने लक्ष्य राखेका छन्।

हाल सुन्दरहरैंचाको ७ र ८ वडाका किसानले कूल १२५ बिघा क्षेत्रमा तरुलको व्यावसायिक खेती गरिरहेका छन्। बजारमा तरुल प्रतिकिलो १०० रुपैयाँमा बिक्री हुँदै आए पनि किसानले बारीबाट ४५–५० रुपैयाँमा बिक्री गर्छन्। कट्टेलका अनुसार आफूले करिब २३ लाख रुपैयाँको तरुल बेच्ने अनुमान छ। “सबै किसानको हिसाब गर्दा यस वर्ष मात्रै गाउँबाट करिब दुई करोड रुपैयाँभन्दा बढीको तरुल बजार जाने आँकडा छ,” उनले बताए।

तरुल खेतीका लागि प्रति बिघा झण्डै ६ सय किलो बिउ आवश्यक पर्छ। घन्सी जातका घाँसे बिरुवा बीच–बीचमा रोपेर लहरा झाँगिन दिने चलन छ। एक पटक सामान्य गोडमेल गरेपछि तरुल उत्पादन गर्न सकिन्छ।

कट्टेलका अनुसार तरुल खेती सुरु भएपछि स्थानीय कृषि मजदुरलाई पनि निरन्तर रोजगारी मिलेको छ। मौसमी भए पनि काम सुरु भएपछि दुई महिना लगातार चल्ने र आफूले २२ जना मजदुरलाई नियमित काम दिइरहेको उनले बताए।

यहाँ उत्पादित तरुल मुख्यतः काठमाडौँमा खपत हुन्छ। हात्तीछाप जातको गुलाबी रङको, सजिलै खन्न सकिने भएकाले खेती गर्दा सहज हुने किसान देवीरमण खरेल बताउँछन्। केराखेतीमा हात्तीको आतंक र रोग बढेपछि उनले १२ बिघा जमिनमा तरुललाई विकल्पका रूपमा अपनाएका छन्।

कट्टेल र खरेलले व्यावसायिक उत्पादन सुरु गरेपछि अहिले गाउँ नै ‘तरुलमय’ बनेको छ। राजु सिटौलाले ४ बिघामा, हेम उप्रेतीले डेढ बिघामा र शङ्कर उराँवले ६ बिघामा तरुल लगाएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending