काठमाडौं । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
आगामी शनिबार उपाधिका लागि लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराउँदै फाइनलमा पुगेको थियो ।
एक सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमै सबै विकेट गुमाउँदै ९४ रनमै समेटियो । पावर प्लेमा तीन विकेट गुमाएको विराटनगरका लागि साम ह्याजलेटले ३४ रन बनाए । नरेन भट्टले २१ तथा मर्सेन्ट डी लन्जले १७ रन जोडे । तर अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका तिलक भण्डारीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । रुवेन ट्रुम्पलम्यान र अविशेष गौतमले दुई–दुई विकेट लिए भने शेर मल्लले एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा १३४ रनको योगफल बनायो ।
डी आर्की सटले ४५ रनको योगदान दिए । ४१ बल खेलेका सटले तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९, रुवेन ट्रुम्पलम्यानले ११ र शेर मल्लले ७ रन जोडे । ओपनर दिनेश अधिकारी र दिलिप नाथ १–१ रनमै आउट भए भने सन्दीप जोरा र जेजे स्मिथ खाता खोल्न नसकी पेभेलियन फर्किए ।
विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले समान तीन–तीन विकेट लिए । सुवासले चार ओभर बलिङ गर्दै १४ रन मात्र खर्चिए । प्रतिशले पनि चार ओभरमै २७ रन खर्चिँदा तीन विकेट हात पारे । सन्दीप लामिछानेले दुई विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...
मंसिर २६ गते, २०८२ - १९:३५
कम्बोडिया । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आर...
मंसिर २६ गते, २०८२ - १९:३०
काठमाडौं । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्प...




प्रतिकृया लेख्नुहोस्: