Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

देशमा समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता: गजुरेल

खबरडबली संवाददाता

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । 

बिहीबार ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित जिल्लास्तरीय पार्टी एकता सभालाई सम्बोधन गर्दै नेता गजुरेलले सो कुरा बताए । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिसँगै सङ्कटमा परेको राष्ट्रलाई बचाउन साथै समाजवादी क्रान्तिलाई पुरा गर्ने मुख्य उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाएको नेता गजुरेलले बताए । 

समाजवादी मार्गलाई अवलम्बन गरी समाजवादी क्रान्तिलाई पुरा गर्ने सैद्धान्तिक सहमतिसहित तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थी दलले पार्टी एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाएको उनको भनाइ छ ।

विपक्षी दलहरुले चुनाव जित्ने उद्देश्यले पार्टी एकता गरेका भनेर भ्रम छर्ने र गलत प्रचार गर्ने गरिरहेको बताउँदै उनले नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने सम्भावना बढेकाले विपक्षीहरु अत्तालिएका बताए । पार्टी एकता निर्वाचन जित्नका लागि नभएको प्रस्ट पार्दै उनले समाजवादी क्रान्ति पुरा गर्न नेपाली कम्युनिस्ट पार्टी बनाएको र यो पार्टीमा ध्रुवीकृत हुन साथै एकठाउँमा आउन सबै वामपन्थीहरुलाई आह्वानसमेत गरे । 

नेपाली कम्युनिस्ट पार्टी बनाएर समयसापेक्ष पार्टी, नेतृत्व र नेताहरु सच्चिने प्रयत्न गरिरहेको पनि उनले बताए । नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिरहँदा केही सच्चिन र रुपान्तरण हुन नचाहाने नेताहरु एकतामा नआएका पनि नेता गजुरेलले बताए । उनले नेपाली कम्युनिस्ट पार्टी बनेसँगै वामपन्थीहरु ध्रवीकरण हुने क्रम जारी रहेकाले नेकपा पहिलो पार्टी बन्ने सम्भावना नजिक भएर गएको पनि दावी गरे । 

अहिलेको पार्टी एकता विगतकाभन्दा फरक खालको भएकाले नेकपातिर सबै वाम विचार भएकाहरु आकर्षित हुँदै उनले बताए । यस्तै नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि समाजवादको मार्गलाई अँलाग्ने सैद्धान्तिक सहमतिसहित पार्टी एकता गरिएको बताए । 

बृहत कम्युनिस्ट पार्टी निर्माण गर्नेगरी विभिन्न वाम दलले एकता गरेको बताउँदै राईले नेकपा अब देशको पहिलो पार्टी बन्ने सम्भावना बढेको बताए । उनले नेकपा एमालेभित्र पनि रुपान्तरण चाहानेहरुको ठुलो सङ्ख्या रहेकाले एमालेको अब हुने महाधिवेशनपछि कतिपय नेताहरु नेकपामा समाहित हुनेगरी छलफल भइरहेको बताए । केपी शर्मा ओलीको स्वेच्छाचारी र निषेधात्मक प्रवृतिका कारण एमालेभित्र समस्या विकराल बन्दै गएको बताउँदै उनले रुपान्तरण र परिवर्तन चाहाने नेताहरु विद्रोह गर्ने मनस्थितिमा रहेका र उनीहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनसक्ने नेता राईको दावी छ ।

अर्को फरक प्रसंगमा नेता राईले वर्तमान कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने अडान पनि कायमै रहेको बताए । तत्कालीन एकीकृत समाजवादीले प्रदेश सभामा पहिचानको आधारमा नामाकरण गरिनुपर्छ भन्ने मुद्दा लिएर अघि बढेको र अब नेपाली कम्युनिस्ट पार्टी बनेपछि पनि पहिचानको मुद्दालाई लिएर अघि बढ्ने उनले बताए । उनले पहिचानको आधारमा प्रदेशको पुनःनामाङ्कन गर्नेगरी पहल गरिने बताए । 

नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले आयोजना गरेको जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा तत्कालीन माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, खेमबहादुर वनेम, असल पन्दाक लगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्ने अधिकांस वक्ताले नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता र समयको माग भएको बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE