काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएको छन्।
नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको बताए।
उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए।
उनले मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निर्बाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिनु आवश्यक रहेको स्पष्ट पारे।
उनले राजनीतिक परिवर्तनपछिको जनचाहना भनेको शान्ति, स्थायित्व र विकास भएको बताउँदै सामाजिक न्यायसहितको समयानुकूल आर्थिक नीति र कार्यक्रम बनाएर मुलुकको आर्थिक विकासको सपना साकार पार्नु मूल दायित्व भएको बताए।
राष्ट्रपति पौडेलले जनतालाई सार्वभौम बनाउन र उनीहका हक, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्न प्रजातन्त्र सेनानीले लोकतन्त्र स्थापना र पुन: स्थापनाका सङ्घर्षमा अविश्राम समर्पित भएको गर्विलो इतिहासको जगमा आज मुलुक उभिएको बताए।
उनले भने, ‘मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको चरणसम्म आइपुग्नका लागि सहिद र प्रजातन्त्र सेनानीले विगतमा पटक पटक गरेको कठोर सङ्घर्ष, त्याग र बलिदान सदैव स्तुत्य छ।’
उनले लोकतान्त्रिक आदर्श, मूल्य मान्यता र निष्ठाका लागि प्रजातन्त्र सेनानी सतत र अनवरत क्रियाशील रहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...
जेष्ठ १ गते, २०८३ - १५:२०
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो । ...
जेष्ठ १ गते, २०८३ - १५:०७
बैतडी। गत भाद्रमा जेनजी आन्दोलन का क्रममा नख्खु कारागार बाट फरार भएका एक अभियुक्तलाई बैतडी प्रहरीले पुन: नियन्त्रणमा लिन सफल भएको छ । जबरजस्ती करणी...
जेष्ठ १ गते, २०८३ - १४:५९
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । शुक्रबार एन्फाका महासचिवसह...



प्रतिकृया लेख्नुहोस्: