बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाहुना स्थानीय आतिथ्य संस्कारसँगै मौलिक खानाका परिकारमा रमाउने गरेका छन्, जसमा कोदोबाट बनेका परिकार विशेष आकर्षण बनेका छन् ।
बेलढुङ्गा सामुदायिक घरबास पुगेका सामाजिक व्यक्तित्व डा. सूर्य पाठकले यहाँको आतिथ्य, संस्कृति र परिकार अत्यन्तै मन परेको बताए । अन्य परिकारसँगै कोदोका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको उल्लेख गर्दै उनले कोदोको ढिडो र रोटी खाए पनि कोदोको सेलरोटी भने पहिलोपटक यहीँ चाख्न पाएकोमा खुसी व्यक्त गरे ।
“सामाजिक कामका क्रममा धेरै स्थान र घरबास पुगेँ, विभिन्न परिकार चाख्ने अवसर पनि मिल्यो । तर कोदोबाट बनेको सेलरोटी भने बेलढुङ्गा सामुदायिक घरबासमै पहिलोपटक देख्न र चाख्न पाएँ,” डा. पाठकले भने, “घरबास सफल हुन खानाका परिकार, संस्कृति, संस्कार र प्रकृतिको सुन्दर संयोजन आवश्यक रहेछ, जुन कुरा यहाँ आएपछि अनुभूति भयो । बेलढुङ्गाबाट आँखै अगाडि देखिने हिमालले झन् मोहनी लगायो ।”
डा. पाठक मात्र होइन, गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार अहिले बेलढुङ्गा घरबास आउने अधिकांश पाहुनाको प्रमुख रोजाइ बन्न थालेका छन् । यहाँ कोदोको रोटी, कोदोको सेलरोटी, कोदो र फापरको ढिडो, लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेर बनाइएको आलुको अचार मुख्य परिकारका रूपमा पस्किने गरिन्छ ।
यसका अतिरिक्त ढिडो, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, विभिन्न अचार तथा आलुको रोटीजस्ता परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको छ । घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत, सत्कार र सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ ।
आमा समूहकी अध्यक्ष माया घर्तीले पाहुनालाई सभाहलमा स्वागत गर्दै साँझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिएको बताइन् । “राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौं । बिहानै पाहुनाले बेलढुङ्गाबाट सूर्योदय र हिमालको दृश्य अवलोकन गर्छन्,” उनले भनिन् । उनका अनुसार चितवन, पोखरा, म्याग्दी, पर्वत तथा बागलुङका विभिन्न स्थानबाट यहाँ पाहुना आउने गरेका छन् ।
बेलढुङ्गा काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच विकास भएसँगै यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ । दुई हजार ६१४ मिटर उचाइमा रहेको बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको छ ।
विसं २०७५ सालमा स्थापना भएको बेलढुङ्गा सामुदायिक घरबास हाल १० घरमा सञ्चालनमा छ, जहाँ एकै रातमा ३० जनासम्म पाहुना राख्न सकिने क्षमता छ । घरबास सञ्चालक गोपाल श्रीसका अनुसार यहाँ आयातित खाद्य सामग्री प्रयोग नगरी स्थानीयस्तरमै उत्पादन भएका परिकारलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिन्छ ।
“गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, सागसब्जी र फापरको व्यावसायीकरण गर्दै गाउँलाई ‘अर्गानिक भिलेज’का रूपमा विकास गर्ने योजना छ,” उनले भने, “गाउँमा रासायनिक मल निषेध गरिएकाले शुद्ध अर्गानिक कृषि उपजबाट पाहुनालाई स्वागत गर्न सहज भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: