Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

खबरडबली संवाददाता

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाहुना स्थानीय आतिथ्य संस्कारसँगै मौलिक खानाका परिकारमा रमाउने गरेका छन्, जसमा कोदोबाट बनेका परिकार विशेष आकर्षण बनेका छन् ।

बेलढुङ्गा सामुदायिक घरबास पुगेका सामाजिक व्यक्तित्व डा. सूर्य पाठकले यहाँको आतिथ्य, संस्कृति र परिकार अत्यन्तै मन परेको बताए । अन्य परिकारसँगै कोदोका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको उल्लेख गर्दै उनले कोदोको ढिडो र रोटी खाए पनि कोदोको सेलरोटी भने पहिलोपटक यहीँ चाख्न पाएकोमा खुसी व्यक्त गरे ।

“सामाजिक कामका क्रममा धेरै स्थान र घरबास पुगेँ, विभिन्न परिकार चाख्ने अवसर पनि मिल्यो । तर कोदोबाट बनेको सेलरोटी भने बेलढुङ्गा सामुदायिक घरबासमै पहिलोपटक देख्न र चाख्न पाएँ,” डा. पाठकले भने, “घरबास सफल हुन खानाका परिकार, संस्कृति, संस्कार र प्रकृतिको सुन्दर संयोजन आवश्यक रहेछ, जुन कुरा यहाँ आएपछि अनुभूति भयो । बेलढुङ्गाबाट आँखै अगाडि देखिने हिमालले झन् मोहनी लगायो ।”

डा. पाठक मात्र होइन, गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार अहिले बेलढुङ्गा घरबास आउने अधिकांश पाहुनाको प्रमुख रोजाइ बन्न थालेका छन् । यहाँ कोदोको रोटी, कोदोको सेलरोटी, कोदो र फापरको ढिडो, लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेर बनाइएको आलुको अचार मुख्य परिकारका रूपमा पस्किने गरिन्छ ।

यसका अतिरिक्त ढिडो, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, विभिन्न अचार तथा आलुको रोटीजस्ता परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको छ । घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत, सत्कार र सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ ।

आमा समूहकी अध्यक्ष माया घर्तीले पाहुनालाई सभाहलमा स्वागत गर्दै साँझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिएको बताइन् । “राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौं । बिहानै पाहुनाले बेलढुङ्गाबाट सूर्योदय र हिमालको दृश्य अवलोकन गर्छन्,” उनले भनिन् । उनका अनुसार चितवन, पोखरा, म्याग्दी, पर्वत तथा बागलुङका विभिन्न स्थानबाट यहाँ पाहुना आउने गरेका छन् ।

बेलढुङ्गा काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच विकास भएसँगै यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ । दुई हजार ६१४ मिटर उचाइमा रहेको बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको छ ।

विसं २०७५ सालमा स्थापना भएको बेलढुङ्गा सामुदायिक घरबास हाल १० घरमा सञ्चालनमा छ, जहाँ एकै रातमा ३० जनासम्म पाहुना राख्न सकिने क्षमता छ । घरबास सञ्चालक गोपाल श्रीसका अनुसार यहाँ आयातित खाद्य सामग्री प्रयोग नगरी स्थानीयस्तरमै उत्पादन भएका परिकारलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिन्छ ।

“गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, सागसब्जी र फापरको व्यावसायीकरण गर्दै गाउँलाई ‘अर्गानिक भिलेज’का रूपमा विकास गर्ने योजना छ,” उनले भने, “गाउँमा रासायनिक मल निषेध गरिएकाले शुद्ध अर्गानिक कृषि उपजबाट पाहुनालाई स्वागत गर्न सहज भएको छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending