तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिए। लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई तत्काल काम थाल्न स्पष्ट निर्देशन दिएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियस्तरमै चासो रहेको उल्लेख गर्दै मन्त्री घिसिङले अब थप कुनै बहाना वा ढिलाइ सह्य नहुने बताए। पुलको डिजाइन परिवर्तन भई सडक विभागमा स्वीकृतिका लागि पुगेको जानकारी पाएपछि मन्त्री घिसिङले तत्काल डिजाइन स्वीकृत गरी निर्माण कार्य अघि बढाउन सडक विभागलाई समेत निर्देशन दिए।
उनले ११ वर्षअघि सुरु भएको काम पुरानै डिजाइनमा पनि किन सम्पन्न भएन भनी प्रश्न गर्दै विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नभएको बताए।
विसं २०७० असारमा मृत सञ्जीवनी निर्माण कम्पनी, हेटौँडासँग पहिलो सम्झौता भए पनि पुलको कामले गति लिन सकेन । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा पुन: सम्झौता भएको थियो । विसं २०७८ चैतमा सम्पन्न भइसक्नुपर्ने पुलको काम हालसम्म करिब ५० प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय, दमौलीले जनाएको छ । हालसम्म दुवै किनारमा पिल्लर मात्रै ठडिएका छन् । पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने बुद्धसिंहमार्गको सबैभन्दा छोटो दूरी सुनिश्चित हुनेछ। १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको उक्त पुलको लागत सम्झौता बेला नौ करोड ५६ लाख रुपियाँ रहेको थियो ।
यो पुल बनेपछि पोखरा, बाग्लुङ, पर्वत, स्याङ्जा र दमौली लगायतका बासिन्दाले नारायणगढ आवतजावत गर्न हालको मुग्लिन–नारायणगढ सडकको प्रयोग नगरी २३ किलोमिटर दूरी छोट्याउन सक्नेछन् । यसले इन्धनको बचतका साथै स्थानीयलाई ठुलो सास्तीबाट मुक्ति दिलाउने बुद्धसिंह मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए । उनले आइतबार दिउँसो १ बजे मन्त्री घिसिङसमक्ष घुमाउने पुल लगायत बुद्धसिंह मार्गमा तत्काल पुल निर्माण गर्नुपर्ने र सडक स्तरोउन्नतिको माग गर्दै सडक डिभिजन कार्यालय, दमौलीमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: