Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

एमाले महाधिवेशन: एक मत हाल्नै ९ मिनेट, मतदान रातभर चल्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ । 

महाधिवेशनको पाँचौँ दिन आज काठमाडौँको भृकुटीमण्डपमा भइरहेको मतदानमा एक जना प्रतिनिधिले भोट हाल्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घण्टा ४ मिनेटसम्म समय लागेको छ ।

निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार साँझ ५ बजेर २ मिनेटसम्म कुल ८०२ मत खसिसकेको छ । उनका अनुसार मतदान प्रक्रिया अपेक्षा गरेभन्दा ढिलो भइरहेको छ । ‘मतदान छिटोमा ९ मिनेट र ढिलोमा २ घण्टा ४ मिनेटसम्म लगाएर गरिएको छ,’ उनले भने, ‘सुरुमा एक जना मतदाताले औसत ३५ मिनेटमा मतदान गर्न सक्ने अनुमान गरिएको थियो । तर सबै प्रतिनिधिलाई प्राविधिक जानकारी नहुँदा मतदानमा समय बढी लागेको हो ।’

पोखरेलले मतदान प्रक्रिया आज रातभर सञ्चालन हुने जानकारी पनि दिए । उनका अनुसार मतदान गर्न चाहने प्रतिनिधिले साँझ ८ बजेसम्म टोकन लिएर मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । टोकन लिएर लाइनमा उभिएका प्रतिनिधिहरूलाई पालोअनुसार मतदान गर्न दिइने उनले बताए ।

एमालेको यस महाधिवेशनमा कुल २ हजार २ सय ६३ जना प्रतिनिधि मतदाता रहेका छन् । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुबै पक्षले संगठन सुदृढीकरण, पार्टी एकता र आगामी राजनीतिक कार्यदिशालाई मुख्य एजेन्डा बनाएका छन् ।

पुनः महासचिव बन्न जारी ११औँ महाधिवेशनमा चुनावी मैदानमा उत्रिएका शंकर पोखरेलले मतदानका लागि भित्र प्रवेश गर्न समय तोकिएको जानकारी दिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending