Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्।

शुक्रबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफू अनुपस्थित रहेको सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयका सचिव, सहसचिव तथा प्रहरी प्रमुखमाथि प्रस्तुत गरिएको व्यवहार उचित नभएको टिप्पणी गरे।

गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीलाई नैतिकताको विषयसँग जोड्दै प्रहरी प्रमुखलगायतमाथि प्रश्न उठाएका थिए।

त्यस बैठकमा गृहमन्त्री गुरुङ अनुपस्थित थिए। शुक्रबारको समितिको बैठकमा उपस्थित भएपछि उनले त्यस विषयमा आफ्नो धारणा राख्दै भने, ‘जसरी मेरो गैरउपस्थितिमा हाम्रो सचिवज्यू, सहसचिवज्यूहरू र प्रहरी प्रमुखलाई जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड।’

गृहमन्त्री गुरुङले कुनै व्यक्तिविरुद्ध परेको उजुरीकै आधारमा उसलाई दोषी ठहर गर्न नमिल्ने बताए। आरोप लाग्दैमा सम्बन्धित व्यक्तिको चरित्रमाथि प्रश्न उठाउनु उचित नहुने उनको भनाइ छ।

‘कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जोसुकैले पनि लगाउन सक्छ। त्यसको आधारमा कसैको चरित्रहत्या गर्न पाइँदैन,’ उनले भने।

गुरुङले आरोप पुष्टि नभएसम्म कुनै व्यक्ति वा संस्थालाई दोषी करार गर्ने गरी संसदीय समितिबाट व्यवहार गर्नु उचित नहुने बताए। उनले यस विषयमा गृह मन्त्रालयसमेत असन्तुष्ट रहेको उल्लेख गरे।

‘आरोप लगाउन जोसुकैले पनि सक्यो, तर त्यो पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर एउटा समितिमार्फत त्यस्तो गर्नु राम्रो होइन,’ उनले भने।

प्रहरी नेतृत्वको कामप्रति गृहमन्त्री सन्तुष्ट

गृहमन्त्री गुरुङले गृह प्रशासनअन्तर्गतका कर्मचारी तथा नेपाल प्रहरीका उच्च अधिकारीहरूले सरकारको नीति र भावनाअनुसार काम गरिरहेको दाबी गरे।

उनले गृह मन्त्रालयका कर्मचारी तथा प्रहरी नेतृत्वले जिम्मेवारी निर्वाहमा मेहनत गरिरहेको आफू प्रत्यक्षदर्शी रहेको बताए।

‘हाम्रा कर्मचारीहरूले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। जसरी आईजी साबहरूले काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु,’ उनले भने।

प्रहरी नेतृत्व सरकारको भावनाअनुसार काम गर्न दिनरात खटिरहेको भन्दै उनले उनीहरूको भूमिकामाथि आधारहीन रूपमा प्रश्न उठाउन नहुने धारणा राखे।

प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि भने सम्बन्धित निकायले आवश्यक छानबिन र अनुसन्धानमार्फत तथ्य पत्ता लगाउनुपर्ने देखिन्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending