Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

घोषित फागुन २१ को निर्वाचन समयमै हुनुपर्छ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई विध्न–बाधाबाट जोगाएर सफल बनाउन सबैलाई एकजुट हुन अपील गरेका छन् । उनले सोसियल मिडियामा स्टन्टबाजी गरेर जनतालाई भ्रमित पार्ने प्रवृत्तिलाई रोगको संज्ञा दिँदै आफ्नो पार्टी सही विचारका आधारमा अगाडि बढ्न चाहेको बताए । 

काठमाडौंको भृकुटीमण्डपमा शनिबार आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “सोसियल मिडियामा स्टन्टबाजी गरेकै भरमा जनतालाई भ्रमित पार्ने रोगजस्तै लागेको छ । नेपाली कम्युनिस्ट पार्टी सही विचारका आधारमा अगाडि बढ्न चाहन्छ ।”

संविधानको प्रावधानलाई उल्लेख गर्दै उनले नयाँ परिस्थितिमा सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन सोही मितिमा हुनुपर्ने बताए । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेर पुरानै सरकार बन्ने सम्भावनाबारे भइरहेको बहसलाई भ्रमपूर्ण बताउँदै प्रचण्डले भने, “त्यो भ्रममा नपर्न अपील गर्न चाहन्छु । ती साथीहरूलाई भन्न चाहन्छु— त्यो सजिलो छैन ।”

उनले देशमा एकथरी मानिसले निर्वाचन विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै आम नेपाली जनतालाई निर्वाचन सफल पार्न एकजुट हुन आह्वान गरे । “यो नै विध्न–बाधाको विकल्प हो । अरू विकल्पमा जाँदा अझ खतरातर्फ जान सक्छ,हाम्रो पार्टीले नयाँ परिस्थितिमा सरकारद्वारा घोषितको निर्वाचन फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ ।” प्रचण्डले थपे । 

युवा पुस्ता (जेनजी) को सच्चा अभिभावक र प्रतिनिधित्व नेपाली कम्युनिस्ट पार्टी नै रहेको दाबी गर्दै उनले उमेरले मात्र सबै नहुने बताए । “समाज युवा, प्रौढ र बुढाहरूको अनुभव एकीकृत समायोजन गरेर जानुपर्छ,” उनको भनाइ थियो ।

सोही सभामा प्रचण्डले काठमाडौंको खुलामञ्च नागरिकका लागि खुला हुनुपर्ने माग राखे । आफूहरूले सभा गर्न सरकार र काठमाडौं महानगरपालिकासँग आग्रह गर्दा पनि खुलामञ्च उपलब्ध नभएको गुनासो गर्दै उनले भने, “एउटा पनि मञ्च नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय हो । नेपाल सरकार र महानगरका प्रतिनिधिलाई यस विषयमा जोडदार आग्रह गर्दछु ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: