Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

घोषित फागुन २१ को निर्वाचन समयमै हुनुपर्छ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई विध्न–बाधाबाट जोगाएर सफल बनाउन सबैलाई एकजुट हुन अपील गरेका छन् । उनले सोसियल मिडियामा स्टन्टबाजी गरेर जनतालाई भ्रमित पार्ने प्रवृत्तिलाई रोगको संज्ञा दिँदै आफ्नो पार्टी सही विचारका आधारमा अगाडि बढ्न चाहेको बताए । 

काठमाडौंको भृकुटीमण्डपमा शनिबार आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “सोसियल मिडियामा स्टन्टबाजी गरेकै भरमा जनतालाई भ्रमित पार्ने रोगजस्तै लागेको छ । नेपाली कम्युनिस्ट पार्टी सही विचारका आधारमा अगाडि बढ्न चाहन्छ ।”

संविधानको प्रावधानलाई उल्लेख गर्दै उनले नयाँ परिस्थितिमा सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन सोही मितिमा हुनुपर्ने बताए । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेर पुरानै सरकार बन्ने सम्भावनाबारे भइरहेको बहसलाई भ्रमपूर्ण बताउँदै प्रचण्डले भने, “त्यो भ्रममा नपर्न अपील गर्न चाहन्छु । ती साथीहरूलाई भन्न चाहन्छु— त्यो सजिलो छैन ।”

उनले देशमा एकथरी मानिसले निर्वाचन विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै आम नेपाली जनतालाई निर्वाचन सफल पार्न एकजुट हुन आह्वान गरे । “यो नै विध्न–बाधाको विकल्प हो । अरू विकल्पमा जाँदा अझ खतरातर्फ जान सक्छ,हाम्रो पार्टीले नयाँ परिस्थितिमा सरकारद्वारा घोषितको निर्वाचन फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ ।” प्रचण्डले थपे । 

युवा पुस्ता (जेनजी) को सच्चा अभिभावक र प्रतिनिधित्व नेपाली कम्युनिस्ट पार्टी नै रहेको दाबी गर्दै उनले उमेरले मात्र सबै नहुने बताए । “समाज युवा, प्रौढ र बुढाहरूको अनुभव एकीकृत समायोजन गरेर जानुपर्छ,” उनको भनाइ थियो ।

सोही सभामा प्रचण्डले काठमाडौंको खुलामञ्च नागरिकका लागि खुला हुनुपर्ने माग राखे । आफूहरूले सभा गर्न सरकार र काठमाडौं महानगरपालिकासँग आग्रह गर्दा पनि खुलामञ्च उपलब्ध नभएको गुनासो गर्दै उनले भने, “एउटा पनि मञ्च नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय हो । नेपाल सरकार र महानगरका प्रतिनिधिलाई यस विषयमा जोडदार आग्रह गर्दछु ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending