अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार जानकारी दिएका छन् । उनीहरू अफगानिस्तानबाट अवैध रूपमा (विना कुनै कागजात) प्रवेश गरेको पाइएको छ।
“इरान–अफगानिस्तानको सीमानामा सीमा पार गर्न खोज्ने केही समूहलाई इरानले रोकेको र सीमा क्षेत्रमा रहेका तीन व्यक्तिको अत्यधिक चिसो मौसमका कारण मृत्यु भएको छ,” नाम गोप्य राख्ने सर्तमा अफगान सेनाका अधिकारीले शनिबार बताए ।
आप्रवासीहरुको उक्त समूह बुधबार इरान प्रवेश गर्न खोज्ने समूहमध्ये एक टोली थियो र अफगान सीमा बलले उनीहरूलाई सीमामा रोकेको र उनीहरूको चिसोका कारण मृत्यु भएको हो ।
“बुधबार राति उनीहरूको खोजी गरिएको थियो तर बिहीबार मात्रै शव फेला परेको हो,” ती सैनिक अधिकारीले भने । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) को पछिल्लो तथ्याङ्कका अनुसार सन् २०२५ जनवरी र नोभेम्बरको अन्त्यसम्ममा इरानी अधिकारीहरूले १८ लाखभन्दा बढी अफगानीहरूलाई अफगानिस्तान फर्कन बाध्य पारेका थिए।
यूएनएचसीआरले अफगानिस्तानको स्थितिलाई जानकारी गराउन गरेको पोष्टमा भनिएको छ, “प्रतिकूल परिस्थितिमा पाकिस्तान र इरानबाट भएका यी सामूहिक फिर्तीले अफगानिस्तानको पहिले नै अत्यधिक अभाव भएको स्रोत र सेवाहरूलाई थप सङ्कटमा पारेको छ। अव्यवस्थित फिर्ता अभियानले नयाँ विस्थापनको जोखिम निम्त्याउने देखिएको छ।”
यस हप्ता एम्नेस्टी इन्टरनेसनलले देशहरूलाई ‘फर्केकाहरूलाई गम्भीर क्षतिको वास्तविक जोखिम’ भन्दै जबरजस्ती मानिसहरूलाई अफगानिस्तान फर्काउने कार्य रोक्न आह्वान गरेको थियो । दुई ठूला भूकम्पबाट प्रभावित र जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको अफगानिस्तानले हालैका महिनाहरूमा धेरै चुनौतीहरूको सामना गरिरहेको छ।
विशेष गरी संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ को रूपमा वर्णन गरेको अफगानिस्तानले धेरै जागिर र सार्वजनिक स्थानहरूबाट महिलाहरूलाई बहिष्कृत गरिएको कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नुपरेको छ।
संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमले मङ्गलबार अफगानिस्तानका एक करोड ७० लाखभन्दा बढी मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: