Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

खबरडबली संवाददाता

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार जानकारी दिएका छन् । उनीहरू अफगानिस्तानबाट अवैध रूपमा (विना कुनै कागजात) प्रवेश गरेको पाइएको छ।

“इरान–अफगानिस्तानको सीमानामा सीमा पार गर्न खोज्ने केही समूहलाई इरानले रोकेको र सीमा क्षेत्रमा रहेका तीन व्यक्तिको अत्यधिक चिसो मौसमका कारण मृत्यु भएको छ,” नाम गोप्य राख्ने सर्तमा अफगान सेनाका अधिकारीले शनिबार बताए ।

आप्रवासीहरुको उक्त समूह बुधबार इरान प्रवेश गर्न खोज्ने समूहमध्ये एक टोली थियो र अफगान सीमा बलले उनीहरूलाई सीमामा रोकेको र उनीहरूको चिसोका कारण मृत्यु भएको हो ।

“बुधबार राति उनीहरूको खोजी गरिएको थियो तर बिहीबार मात्रै शव फेला परेको हो,” ती सैनिक अधिकारीले भने । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) को पछिल्लो तथ्याङ्कका अनुसार सन् २०२५ जनवरी र नोभेम्बरको अन्त्यसम्ममा इरानी अधिकारीहरूले १८ लाखभन्दा बढी अफगानीहरूलाई अफगानिस्तान फर्कन बाध्य पारेका थिए।

यूएनएचसीआरले अफगानिस्तानको स्थितिलाई जानकारी गराउन गरेको पोष्टमा भनिएको छ, “प्रतिकूल परिस्थितिमा पाकिस्तान र इरानबाट भएका यी सामूहिक फिर्तीले अफगानिस्तानको पहिले नै अत्यधिक अभाव भएको स्रोत र सेवाहरूलाई थप सङ्कटमा पारेको छ। अव्यवस्थित फिर्ता अभियानले नयाँ विस्थापनको जोखिम निम्त्याउने देखिएको छ।”

यस हप्ता एम्नेस्टी इन्टरनेसनलले देशहरूलाई ‘फर्केकाहरूलाई गम्भीर क्षतिको वास्तविक जोखिम’ भन्दै जबरजस्ती मानिसहरूलाई अफगानिस्तान फर्काउने कार्य रोक्न आह्वान गरेको थियो । दुई ठूला भूकम्पबाट प्रभावित र जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको अफगानिस्तानले हालैका महिनाहरूमा धेरै चुनौतीहरूको सामना गरिरहेको छ।

विशेष गरी संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ को रूपमा वर्णन गरेको अफगानिस्तानले धेरै जागिर र सार्वजनिक स्थानहरूबाट महिलाहरूलाई बहिष्कृत गरिएको कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नुपरेको छ।

संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमले मङ्गलबार अफगानिस्तानका एक करोड ७० लाखभन्दा बढी मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE