कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन्
काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युपछि भड्किएको हिंसा अनियन्त्रित बन्दै गएको छ। हिंसाको मुख्य चपेटामा अल्पसंख्यक समुदाय, विशेषगरी हिन्दूहरू परिरहेका छन्।
शुक्रबार मात्रै दीपुचन्द्र दासलाई भीडले जिउँदै जलाएको घटनापछि थप एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ। शनिबार लक्ष्मीपुर सदर उपजिल्लामा एक सात वर्षीया बालिकालाई घरभित्रै जिउँदै जलाइएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार, शनिबार बीएनपी (बंगलादेश नेसनलिस्ट पार्टी) का एक स्थानीय नेताको घरमा आक्रोशित भीडले आगजनी गरेको थियो। आगो लगाइसकेपछि ढोका बाहिरबाट बन्द गरिएका कारण घरभित्र रहेकी सात वर्षीया बालिकाको जलेर मृत्यु भएको बताइएको छ।
छात्र नेता हादीको हत्यापछि हिंसा चर्कियो
गत डिसेम्बर १२ मा ढाकाको बिजोयनगर क्षेत्रमा चुनावी अभियानका क्रममा मास्क लगाएका अज्ञात व्यक्तिले छात्र नेता हादीको टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भएको हो।
हादीको मृत्युको खबर फैलिएसँगै बंगलादेशका विभिन्न भागमा आगलागी, तोडफोड र लक्षित आक्रमणहरू हुन थालेका छन्। शनिबार उनलाई ढाका विश्वविद्यालयस्थित राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधि नजिक कडा सुरक्षाबीच अन्तिम संस्कार गरिएको थियो।
२४ घण्टे अल्टिमेटम
अन्तिम संस्कारपछि हादीको पार्टी ‘इन्कलाब मञ्च’ ले अन्तरिम सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। पार्टीले हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
अल्पसंख्यक समुदाय असुरक्षित
हाल जारी हिंसात्मक घटनाक्रमले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षा गम्भीर रूपमा चुनौतीमा परेको देखिएको छ। मानवअधिकार संगठनहरूले घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल स्थिति नियन्त्रणमा लिन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: