कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन्
काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युपछि भड्किएको हिंसा अनियन्त्रित बन्दै गएको छ। हिंसाको मुख्य चपेटामा अल्पसंख्यक समुदाय, विशेषगरी हिन्दूहरू परिरहेका छन्।
शुक्रबार मात्रै दीपुचन्द्र दासलाई भीडले जिउँदै जलाएको घटनापछि थप एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ। शनिबार लक्ष्मीपुर सदर उपजिल्लामा एक सात वर्षीया बालिकालाई घरभित्रै जिउँदै जलाइएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार, शनिबार बीएनपी (बंगलादेश नेसनलिस्ट पार्टी) का एक स्थानीय नेताको घरमा आक्रोशित भीडले आगजनी गरेको थियो। आगो लगाइसकेपछि ढोका बाहिरबाट बन्द गरिएका कारण घरभित्र रहेकी सात वर्षीया बालिकाको जलेर मृत्यु भएको बताइएको छ।
छात्र नेता हादीको हत्यापछि हिंसा चर्कियो
गत डिसेम्बर १२ मा ढाकाको बिजोयनगर क्षेत्रमा चुनावी अभियानका क्रममा मास्क लगाएका अज्ञात व्यक्तिले छात्र नेता हादीको टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भएको हो।
हादीको मृत्युको खबर फैलिएसँगै बंगलादेशका विभिन्न भागमा आगलागी, तोडफोड र लक्षित आक्रमणहरू हुन थालेका छन्। शनिबार उनलाई ढाका विश्वविद्यालयस्थित राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधि नजिक कडा सुरक्षाबीच अन्तिम संस्कार गरिएको थियो।
२४ घण्टे अल्टिमेटम
अन्तिम संस्कारपछि हादीको पार्टी ‘इन्कलाब मञ्च’ ले अन्तरिम सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। पार्टीले हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
अल्पसंख्यक समुदाय असुरक्षित
हाल जारी हिंसात्मक घटनाक्रमले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षा गम्भीर रूपमा चुनौतीमा परेको देखिएको छ। मानवअधिकार संगठनहरूले घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल स्थिति नियन्त्रणमा लिन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: