Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीमा एउटा यस्तो घर छ, जहाँ २६ वर्षीय झलक विक डोरीमा बाँधिएर दिन–रात बिताउन बाध्य छन्। हिँडडुल गर्न नसक्ने, शरीर आफैँ नियन्त्रणमा नरहने र आफ्ना भावनासमेत अभिव्यक्त गर्न नसक्ने झलकको जीवन पीडादायी मौनतामा सीमित भएको छ।

घिस्रिएर मात्र एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्ने झलक प्रायः शौच लगाएकै कपडामा रहन बाध्य छन्। उनलाई यसरी बाँधेर राख्नुपर्दाको पीडा झलककी आमा कालिमाया विकका शब्दमा झल्किन्छ।
“देखिहाल्नुभयो, झलकको अवस्था,” कालिमायाले आँखा रसाउँदै भनिन्, “यसरी बाँधेर राख्न मलाई रहर होला ? दुर्घटनामा पर्लान् कि भन्ने डर, उहाँको अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा वस्तुभाउको काममा जानुपर्ने बाध्यताले यस्तो गर्नुपरेको हो।”

एकल आमाको संघर्ष

कालिमायाको जीवन आफैंमा संघर्षको कथा हो। झलक चार वर्षका हुँदा उनका श्रीमान्को असामयिक निधन भयो। त्यसपछि कालिमायाले एक्लैले फरक क्षमता भएका छोराको हेरचाह गर्दै आएकी छन्।
“श्रीमान्ले अकल्पनीय रूपमा सदाका लागि छाडेर जानुभयो,” उनले भनिन्, “त्यसपछि छोराको उपचार र हेरचाहका लागि धेरै ठाउँ धाएँ, सहयोगको याचना गरेँ। तर आजसम्म आश्वासन र सहानुभूतिमात्र पाइयो।”

ह्वीलचियर पनि समाधान बनेन

केही समयअघि एक संस्थाले झलकका लागि ह्वीलचियर उपलब्ध गराएको थियो। तर त्यो सहयोग पनि व्यवहारिक हुन सकेन।
“ह्वीलचियरमा चढाउन र झार्न सकिँदैन,” कालिमायाले भनिन्, “लड्ने डर झनै बढी हुन्छ। अहिले त्यो ह्वीलचियर घरको कुनामा थन्किएको छ।”

सानो माग, ठूलो आशा

कालिमायाको माग धेरै छैन। उनलाई चाहिएको छ—झलकका लागि सुरक्षित र व्यवस्थित कोठा।
“बाहिर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय भए पुग्छ,” उनले भनिन्, “जग्गा म आफैँ व्यवस्थापन गर्छु, तर कोठा बनाउन सहयोग चाहिएको हो।”

झलकको अवस्थाबारे जानकारी पाएपछि अधिकारकर्मी ईश्वर बाँस्तोला र सङ्गीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणमा पहल गरिने आश्वासन दिएका छन्।

झलक र कालिमायाको यो कथा केवल एउटा परिवारको पीडा मात्र होइन, यो राज्य, समाज र सरोकारवाला निकायलाई चुनौती दिने मौन प्रश्न पनि हो—के यस्ता आवाजविहीन पीडामा परेकाहरूको जीवन कहिले सहज बन्छ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending