Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीमा एउटा यस्तो घर छ, जहाँ २६ वर्षीय झलक विक डोरीमा बाँधिएर दिन–रात बिताउन बाध्य छन्। हिँडडुल गर्न नसक्ने, शरीर आफैँ नियन्त्रणमा नरहने र आफ्ना भावनासमेत अभिव्यक्त गर्न नसक्ने झलकको जीवन पीडादायी मौनतामा सीमित भएको छ।

घिस्रिएर मात्र एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्ने झलक प्रायः शौच लगाएकै कपडामा रहन बाध्य छन्। उनलाई यसरी बाँधेर राख्नुपर्दाको पीडा झलककी आमा कालिमाया विकका शब्दमा झल्किन्छ।
“देखिहाल्नुभयो, झलकको अवस्था,” कालिमायाले आँखा रसाउँदै भनिन्, “यसरी बाँधेर राख्न मलाई रहर होला ? दुर्घटनामा पर्लान् कि भन्ने डर, उहाँको अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा वस्तुभाउको काममा जानुपर्ने बाध्यताले यस्तो गर्नुपरेको हो।”

एकल आमाको संघर्ष

कालिमायाको जीवन आफैंमा संघर्षको कथा हो। झलक चार वर्षका हुँदा उनका श्रीमान्को असामयिक निधन भयो। त्यसपछि कालिमायाले एक्लैले फरक क्षमता भएका छोराको हेरचाह गर्दै आएकी छन्।
“श्रीमान्ले अकल्पनीय रूपमा सदाका लागि छाडेर जानुभयो,” उनले भनिन्, “त्यसपछि छोराको उपचार र हेरचाहका लागि धेरै ठाउँ धाएँ, सहयोगको याचना गरेँ। तर आजसम्म आश्वासन र सहानुभूतिमात्र पाइयो।”

ह्वीलचियर पनि समाधान बनेन

केही समयअघि एक संस्थाले झलकका लागि ह्वीलचियर उपलब्ध गराएको थियो। तर त्यो सहयोग पनि व्यवहारिक हुन सकेन।
“ह्वीलचियरमा चढाउन र झार्न सकिँदैन,” कालिमायाले भनिन्, “लड्ने डर झनै बढी हुन्छ। अहिले त्यो ह्वीलचियर घरको कुनामा थन्किएको छ।”

सानो माग, ठूलो आशा

कालिमायाको माग धेरै छैन। उनलाई चाहिएको छ—झलकका लागि सुरक्षित र व्यवस्थित कोठा।
“बाहिर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय भए पुग्छ,” उनले भनिन्, “जग्गा म आफैँ व्यवस्थापन गर्छु, तर कोठा बनाउन सहयोग चाहिएको हो।”

झलकको अवस्थाबारे जानकारी पाएपछि अधिकारकर्मी ईश्वर बाँस्तोला र सङ्गीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणमा पहल गरिने आश्वासन दिएका छन्।

झलक र कालिमायाको यो कथा केवल एउटा परिवारको पीडा मात्र होइन, यो राज्य, समाज र सरोकारवाला निकायलाई चुनौती दिने मौन प्रश्न पनि हो—के यस्ता आवाजविहीन पीडामा परेकाहरूको जीवन कहिले सहज बन्छ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending