Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

खबरडबली संवाददाता

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलगायत जिल्लाबाट उत्पादन भएका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा ठूलो परिमाणमा भित्रिन थालेका छन्।

धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार गत वर्षको तुलनामा यस वर्ष कात्तिक र मङ्सिर महिनामै करिब २५ प्रतिशत बढी सुन्तला बजारमा आएको छ। “उत्पादन बढेसँगै सुन्तलाको कारोबारमा पनि करिब ३० प्रतिशतले वृद्धि भएको छ,” उनले भने, “अहिले बिक्री राम्रो भइरहेकाले किसान र उपभोक्ता दुवैका लागि यो सकारात्मक संकेत हो।”

उनका अनुसार पछिल्लो समय सुन्तला खेतीको क्षेत्र विस्तार भएकाले पनि कारोबार बढेको हो। कात्तिक १५ गतेदेखि बजारमा आउन सुरु हुने सुन्तला चैतको दोस्रो सातासम्म निरन्तर आउने गर्दछ। “ढुवानी, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङलाई व्यवस्थित गर्न सके कोशी करिडोरको सुन्तला अझै ठूलो बजारमा स्थापित हुन सक्छ,” भट्टराईले बताए।

उत्पादन बढेपछि किसानमा आशा

भोजपुरका किसान प्रदीप राई विगत १३ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन्। उनी भन्छन्, “सामान्यतया हरेक वर्ष २० देखि ३० मेट्रिक टन सुन्तला बिक्री गर्थें। गत वर्ष उत्पादन घटेर १६ मेट्रिक टनमा सीमित भयो तर यो वर्ष भने दुई महिनामै १२ मेट्रिक टनभन्दा बढी सुन्तला बिक्री भइसकेको छ।” मूल्य यथावत् रहे पनि उत्पादन बढेकाले आम्दानी राम्रो हुने अपेक्षा उनले व्यक्त गरे।

मौसम अनुकूल हुँदा उत्पादनमा वृद्धि

व्यापारी अशोक राईका अनुसार फल लाग्ने समयमा मौसम अनुकूल रहनु, रोग–कीराको प्रकोप कम हुनु र वर्षाले खासै क्षति नगर्नु उत्पादन बढ्नुका प्रमुख कारण हुन्। “पछिल्लो समय मकै र धानखेती हुने खेतबारीमा समेत सुन्तलाखेती विस्तार हुँदै गएको छ,” उनले भने, “सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि किसान आकर्षित भएका हुन्।” हाल आकारअनुसार सुन्तला प्रतिकिलो रु ३० देखि ८० सम्ममा बिक्री भइरहेको उनले जानकारी दिए।

धरान बजारमा दैनिक ४० मेट्रिक टन कारोबार

विगत २२ वर्षदेखि धरान कृषि बजारमा व्यवसाय गर्दै आएका व्यापारी टीकाराम श्रेष्ठका अनुसार वार्षिक करिब १२ सय क्विन्टलभन्दा बढी सुन्तला कारोबार हुँदै आएको छ। धरानबाट दमक, काकरभिट्टा, झापा तथा मधेस प्रदेशका विभिन्न जिल्लामा सुन्तला पठाइने गरिएको छ।

धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीका अनुसार यस वर्ष बजारमा सुन्तला प्रशस्त मात्रामा आएको छ र “जति आउँछ, सबै सहज रूपमा खपत भइरहेको छ।” हाल धरान कृषि बजारबाट दैनिक ३० देखि ४० मेट्रिक टन सुन्तलाको कारोबार भइरहेको छ। अहिले बजारमा प्रतिकिलो रु ७० देखि ८० सम्म मूल्य रहेको छ भने मौसमअनुसार रु ७० देखि १३० सम्म मूल्य घटबढ हुने व्यापारीहरू बताउँछन्।

कारोबार २० हजार मेट्रिक टन पुग्ने अनुमान

धरान कृषि उपज बजारको तथ्याङ्कअनुसार गत वर्ष करिब ५ हजार मेट्रिक टन सुन्तला खरिद–बिक्री हुँदा रु ६० करोड बराबरको कारोबार भएको थियो। यस वर्ष भने बजारबाट करिब २० हजार मेट्रिक टन सुन्तला बिक्री हुने अनुमान गरिएको छ।

पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङ जिल्लाबाट सुन्तला धरान ल्याइने गरेको छ। धरानबाट इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, दमक तथा मधेस प्रदेशका विभिन्न जिल्लामा सुन्तला आपूर्ति हुँदै आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending