Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी गराइएको छ । सुस्तावासीको प्रतिनिधिमण्डलले मन्त्री घिसिङलाई भेटेर सुस्ताको अस्तित्व रक्षा र विकासका लागि तत्काल कदम चाल्न ध्यानाकर्षण गराएका हुन् ।

सुस्ताको अस्तित्व रक्षा र नदी नियन्त्रणको माग
ज्ञापनपत्र बुझाउने क्रममा सुस्तावासीले नारायणी नदीको कटानका कारण सुस्ता गाउँ नै नदीमा विलीन हुन सक्ने गम्भीर खतरा रहेको औँल्याएका छन् । ज्ञापनपत्र बुझाउँदै  स्थानीय  रवीन्द्र जयसवालले  “सुस्ता गाउँ नै नारायणी नदीमा विलीन हुने अवस्था आएको छ,’’  मन्त्रीलाई अवगत गराए। यस समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी नदी नियन्त्रण आयोजना सुरु गर्न मन्त्रीसमक्ष जोडदार माग गरिएको छ ।

विद्युतीकरण र झोलुङ्गे पुलको उपयोग
नेपालकै सबैभन्दा लामो १५७१ मिटरको झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै सुस्ता मुख्य भूमिसँग जोडिएको छ । सुस्तावासीले सोही पुलमार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार  गरिए पनि सुस्तामा भरपर्दो विद्युत् सेवा पुर्‍याउन मन्त्री घिसिङसँग आग्रह गरेका छन् । हाल सुस्तामा १०० किलोवाटको सोलार मिनी ग्रिड, प्रशासकीय भवन र आश्रय भवन जस्ता पूर्वाधारहरू निर्माण भए पनि राष्ट्रिय प्रसारण लाइनको निरन्तरता खड्किएको उनीहरूको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चौबिस घण्टामा ट्राफिक प्रहरीले गर्याे तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ ...

आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानम...

जलविद्युत परियोजना निर्माण नरोक्न अदालतको अन्तरिम आदेश

बागलुङ । उच्च अदालत पाटनले ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको निवेदनमा गत चैत २२ गते जलविद्युत परियोजनाको निर्माण कार्य नरोक्न अन्तरिम आदेश ...

दुई राउण्ड हवाई फायर गरी खैरो हेरोइन कारोबारी मियाँ पक्राउ

विराटनगर। मोरङमा ठुलो परिमाणको लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

सप्तरीमा १० लाख ९६ हजारका भन्सार छलीका कपडा बरामद

सप्तरी। सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । नगरपालिकाको वडा नम्बर १३ स्थित कु...

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending