पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी गराइएको छ । सुस्तावासीको प्रतिनिधिमण्डलले मन्त्री घिसिङलाई भेटेर सुस्ताको अस्तित्व रक्षा र विकासका लागि तत्काल कदम चाल्न ध्यानाकर्षण गराएका हुन् ।
सुस्ताको अस्तित्व रक्षा र नदी नियन्त्रणको माग
ज्ञापनपत्र बुझाउने क्रममा सुस्तावासीले नारायणी नदीको कटानका कारण सुस्ता गाउँ नै नदीमा विलीन हुन सक्ने गम्भीर खतरा रहेको औँल्याएका छन् । ज्ञापनपत्र बुझाउँदै स्थानीय रवीन्द्र जयसवालले “सुस्ता गाउँ नै नारायणी नदीमा विलीन हुने अवस्था आएको छ,’’ मन्त्रीलाई अवगत गराए। यस समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी नदी नियन्त्रण आयोजना सुरु गर्न मन्त्रीसमक्ष जोडदार माग गरिएको छ ।
विद्युतीकरण र झोलुङ्गे पुलको उपयोग
नेपालकै सबैभन्दा लामो १५७१ मिटरको झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै सुस्ता मुख्य भूमिसँग जोडिएको छ । सुस्तावासीले सोही पुलमार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार गरिए पनि सुस्तामा भरपर्दो विद्युत् सेवा पुर्याउन मन्त्री घिसिङसँग आग्रह गरेका छन् । हाल सुस्तामा १०० किलोवाटको सोलार मिनी ग्रिड, प्रशासकीय भवन र आश्रय भवन जस्ता पूर्वाधारहरू निर्माण भए पनि राष्ट्रिय प्रसारण लाइनको निरन्तरता खड्किएको उनीहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...
पौष ६ गते, २०८२ - १५:०१
पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन...
पौष ६ गते, २०८२ - १४:५२
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेको छन्। सिंहदरबारस्थित सभामुखको का...
पौष ६ गते, २०८२ - १४:३५
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...
पौष ६ गते, २०८२ - १३:५१
इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछ...
पौष ६ गते, २०८२ - १३:३७
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...
पौष ६ गते, २०८२ - १३:२२
काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...
पौष ६ गते, २०८२ - १३:००
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चि...
पौष ६ गते, २०८२ - १२:४७
काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...
पौष ६ गते, २०८२ - १२:३८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...




प्रतिकृया लेख्नुहोस्: