काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै जानु आवश्यक भए पनि मौलिक परम्परा र वेशभूषा त्याग्न नहुनेमा उनले जोड दिइन्।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो धारणा व्यक्त गरेकी हुन्। परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृतिअनुसारका परम्परागत वेशभूषामा उपस्थित भएका थिए। उक्त वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयहरूमा पनि हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्नो परम्परागत पोसाक लगाउन उपयुक्त हुने सुझाव दिइन्।
उनले भनिन्, “कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन्। आधुनिकताका नाममा मौलिकता बिर्सँदै गएको देखिन्छ। आफ्नो पहिचान के हो भन्ने नै थाहा नपाउने अवस्था छ। तर हामी नेपालीहरूसँग प्रशस्त आफ्नोपन, विविध संस्कृति र परम्परा छन्। यिनलाई जोगाउनैपर्छ। बरु सरकारी कार्यालयहरूमा हप्तामा एक वा दुई दिन परम्परागत पोसाक लगाउने व्यवस्था गर्ने विषयमा सोच्नुपर्ने हो।”
भेटका क्रममा परिषद्ले आउँदो पुस १५ गते आयोजना हुने तमु ल्होसार कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई औपचारिक रूपमा आमन्त्रण पनि गरेको छ। परिषद्का महासचिव राजु गुरुङले निम्तोपत्र वाचन गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १२:१०
काठमाडौं । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानम...
बैशाख ८ गते, २०८३ - ११:५७
बागलुङ । उच्च अदालत पाटनले ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको निवेदनमा गत चैत २२ गते जलविद्युत परियोजनाको निर्माण कार्य नरोक्न अन्तरिम आदेश ...
बैशाख ८ गते, २०८३ - ११:४८
विराटनगर। मोरङमा ठुलो परिमाणको लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा...
बैशाख ८ गते, २०८३ - १०:५९
अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...
बैशाख ८ गते, २०८३ - १०:५९
अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...
बैशाख ८ गते, २०८३ - १०:४५
सप्तरी। सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । नगरपालिकाको वडा नम्बर १३ स्थित कु...
बैशाख ७ गते, २०८३ - १८:१५
काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...


प्रतिकृया लेख्नुहोस्: