कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ।
देशका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक ‘डाइलग एक्सियाटा’ र ‘श्रीलङ्का टेलिकम मोबिटेल’ ले व्यावसायिक रूपमा ५–जी सेवा सुरु गरेका छन् ।
श्रीलङ्का टेलिकम मोबिटेलले शुक्रबार कोलम्बोस्थित वन गाल फेस किनमेल केन्द्रमा सेवा सुरु गर्दै उच्च गतिको इन्टरनेट तथा ५–जी प्रविधिका अनुप्रयोगहरू प्रदर्शन गरेको थियो ।
श्रीलङ्का टेलिकम समूहका अध्यक्ष मोथिलाल दे सिल्भाले ५–जी प्रविधिले डेटा आदान–प्रदानलाई छिटो बनाउने मात्र नभई कृत्रिम बौद्धिकता आधारित सेवाहरूको प्रयोगमा पनि व्यापक योगदान दिने बताए ।
डाइलग एक्सियाटाले बिहीबार ‘डाइलग ५–जी अल्ट्रा’ सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । देशभर रहेका दुई सयभन्दा बढी सक्रिय ५–जी केन्द्रमार्फत यो सेवाले पन्ध्र लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गरिरहेको छ ।
डाइलग एक्सियाटाका समूह प्रमुख कार्यकारी अधिकृत सुपुन वीरासिंहेले ५–जी सेवा श्रीलङ्काको डिजिटल संरचना बलियो बनाउन र भविष्यमा नवप्रवर्तन, उत्पादनशीलता तथा डिजिटल पहुँच विस्तार गर्न महत्वपूर्ण कदम रहेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...
पौष ६ गते, २०८२ - १८:०८
भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...
पौष ६ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...
पौष ६ गते, २०८२ - १७:५५
हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...
पौष ६ गते, २०८२ - १७:५३
जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...
पौष ६ गते, २०८२ - १७:५१
अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...
पौष ६ गते, २०८२ - १७:४९
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...
पौष ६ गते, २०८२ - १७:४७
फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...




प्रतिकृया लेख्नुहोस्: