Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले एकैपटक आठ सीडीओसहित गृह मन्त्रालयका १३ सहसचिवलाई अन्य मन्त्रालयमा सरुवा गरेपछि ती जिल्लामा चार दिनसम्म नयाँ सीडीओ नखटाइँदा प्रशासनिक अन्योल देखिएको हो ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरिसकेको अवस्थामा जिल्ला प्रशासनले शान्ति सुरक्षा, निर्वाचन तयारी र सरकारी समन्वयको नेतृत्व गर्नुपर्ने हुन्छ । तर लमजुङ, खोटाङ, इलाम, सल्यान, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी पश्चिम र बाराजस्ता संवेदनशील जिल्लामा सीडीओको जिम्मेवारी नै रिक्त रहनु गम्भीर प्रश्नको विषय बनेको छ ।

सरुवा भएका सहसचिवहरूमा डा. टोकराज पाण्डेय (लमजुङ), कल्पना श्रेष्ठ (खोटाङ), सुनिता नेपाल (इलाम), नेत्रप्रसाद सुवेदी (सल्यान), नारायणप्रसाद रिसाल (दोलखा), बन्धुप्रसाद बास्तोला (सिन्धुपाल्चोक), कृष्णप्रसाद लम्साल (नवलपरासी पश्चिम) र धर्मेन्द्रकुमार मिश्र (बारा) रहेका छन् । उनीहरू सबै निर्वाचनको तयारीमा महत्वपूर्ण भूमिका निभाइरहेका थिए ।

यति ठूलो संख्यामा एकैपटक सीडीओ हटाइए पनि नयाँ सहसचिवलाई तत्काल जिम्मेवारी नदिइनु गृह मन्त्रालयको योजना र तयारीमाथि प्रश्न उठ्ने अवस्था आएको छ । सीडीओ नहुँदा जिल्ला सुरक्षा समितिको नेतृत्व, निर्वाचनसम्बन्धी निर्णय प्रक्रिया र संवेदनशील प्रशासनिक काम प्रभावित हुने जोखिम बढेको जानकारहरू बताउँछन् ।

नयाँ सीडीओ कहिले पठाइन्छ भन्ने जिज्ञासामा गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले स्पष्ट जवाफ दिन चाहेनन् । उनले भने, “पछि कुरा गरौँला,” भन्दै प्रतिक्रिया टार्न खोजे ।

यसै सरुवामा गृह मन्त्रालयबाट कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा र विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्दप्रसाद रिजाल पनि बाहिरिएका छन् । अतिरिक्त समूहमा रहेका सहसचिव शंकरहरि आचार्य, गोपालप्रसाद अर्याल र खिमबहादुर रायमाझीको समेत सरुवा भएको छ ।

सरुवाका क्रममा गृह मन्त्रालयबाट १३ सहसचिव बाहिरिँदा अन्य मन्त्रालय र निकायबाट सात सहसचिव भित्रिएका छन् । भित्रिनेमा उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: