Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन ।

सरकारले औद्योगिक क्षेत्रमार्फत १० लाखलाई प्रत्यक्ष र ३० लाखलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको थियो । तर बजेट अभाव, जग्गा अतिक्रमण, लगानीकर्ता यकिन नहुनु र परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न नहुनुजस्ता कारणले निर्माण अघि बढ्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

२०७२ सालमा चितवनको शक्तिखोर, बाँकेको नौवस्ता, मकवानपुरको मयुरधाप, कञ्चनपुरको दैजी, रुपन्देहीको मोतीपुर, झापाको दमक र दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो । केही स्थानमा शिलान्यास, डिपिआर, इआइए तथा चार किल्ला लगाउने काम भए पनि निर्माण सुरु हुन सकेको छैन ।

लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीका अनुसार अव्यवस्थित बस्ती, वनसम्बन्धी समस्या र न्यून बजेट विनियोजनका कारण औद्योगिक क्षेत्र अघि बढ्न सकेका छैनन् । एउटा औद्योगिक क्षेत्र निर्माण गर्न पाँच अर्बदेखि ३० अर्ब रुपैयाँसम्म लागत लाग्ने अनुमान छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक तथा नीतिगत स्थायित्व नहुँदा निजी क्षेत्र उद्योग स्थापना गर्न हिच्किचाइरहेको बताए । पूर्वउद्योग सचिव कृष्ण ज्ञवालीले औद्योगिक क्षेत्र सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय तह मिलेर पूर्वाधारसहित जग्गा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे ।

निर्माण सुरु नभए पनि केही औद्योगिक क्षेत्रमा प्रारम्भिक काम भने भइरहेको लिमिटेडले जनाएको छ । शक्तिखोरमा वनसम्बन्धी प्रक्रिया अघि बढाइएको छ भने दाङको लक्ष्मीपुरमा चार किल्ला लगाउने काम सम्पन्न भएको छ । दैजी र मोतीपुरमा डिपिआर तथा इआइएसम्बन्धी काम विभिन्न चरणमा रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE