Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

राप्रपाको प्रश्न: सुनसरीमा गोली चलाउने आदेश कसले दियो ?

खबरडबली संवाददाता
खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रहरी र सेना परिचालन गर्नुका साथै ड्रोन उडाएर मात्र समस्या समाधान नहुने उल्लेख गर्दै वर्तमान परिस्थितिमा देशले प्रधानमन्त्रीको अभिभावकीय नेतृत्व खोजिरहेको बताइन्।

विगतका संवेदनशील घटनामा तत्कालीन प्रधानमन्त्री वा राष्ट्रप्रमुखले राष्ट्रलाई सम्बोधन गर्ने गरेको स्मरण गराउँदै उनले अहिले प्रधानमन्त्री सार्वजनिक रूपमा नदेखिएको टिप्पणी गरिन्। सामाजिक सञ्जालमार्फत गोली प्रहारबाट ज्यान गएको स्वीकार गरिएको उल्लेख गर्दै उनले यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दिएको थियो भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताइन्।

ओलीले सुनसरीमा गोली कसले चलायो भन्ने प्रश्नको जवाफ जनताले पाउनुपर्ने भन्दै घटनाको निष्पक्ष छानबिन र राज्यको जवाफदेहितामा जोड दिइन्।

सत्तारुढ दलका नेताले जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र सुनसरी घटनालाई फरक प्रकृतिको भनेको प्रसंग उल्लेख गर्दै उनले घटना, स्थान र पृष्ठभूमि फरक भए पनि राज्यको जवाफदेहिता भने एउटै हुनुपर्ने धारणा राखिन्।

राज्यबाट भएको गोली प्रहारका घटनामा फरक–फरक मापदण्ड अपनाउन नहुने बताउँदै ओलीले कानुनी शासन र समान न्यायको सिद्धान्तअनुसार सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहामा तनाव, गोलबजारमा दुई पक्षबीच झडप

सिरहा । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन तनावपूर्ण बनेको छ। सिरहाको गोलबजार क्षेत्रमा अहिले दुई पक्षबीच झडप...

कप्तानगञ्ज गोलीकाण्डमा घाइते अर्का युवकको उपचारको क्रममा मृत्यु

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्य...

प्रचण्डको प्रश्न : अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्यो ?

आफूमात्रै पर्याप्त छु भन्ने अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण

राहदानी विभागमा पासपोर्ट लिनेको भीड, दुई सिफ्टमा सेवा विस्तार

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...

सुनसरी घटनाबारे प्रचण्डको माग: ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, छानबिन होस्’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...

स्मार्ट टेलिकम–एनसेल प्रकरण: व्यवसायी उपेन्द्र महतो सिआईबीमा उपस्थित

काठमाडौं । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका ...

राप्रपाको प्रश्न: सुनसरीमा गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending