Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

खबरडबली संवाददाता

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताएको छन् ।  

सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र ९इसिमोड०, खुमलटारमा आयोजना गरेको दुई दिने “पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी’’ चौथो राष्ट्रिय संवादको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै, मन्त्री अर्यालले नेपाल बहुप्रकोपीय विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील मुलुक रहेकोले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुनुपर्नेमा जोड दिए।

मन्त्री अर्यालले भने, “यसका लागि हामीलाई विशेष गरी जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्व सूचना प्रणालीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहनेछन् ।’’

मन्त्री अर्यालले यी सबै कुरालाई नेपालले आफ्नो नीतिगत तथा कानुनी व्यवस्थामा स्पष्ट रूपमा समेट्दै आएको पनि भने। उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले सङ्घ, प्रदेश र स्थानीय तहमा बहुप्रकोप पूर्व सूचना प्रणाली सञ्चालन गर्ने जिम्मेवारी तोकेको बताए।  

“विपद्को पूर्व तयारी गर्दा सही र समयमै गरिएको निर्णय तथा पूर्वकार्यले धेरैको ज्यान बचाउन सक्ने बताउदै,’’ मन्त्री अर्यालले भने, “विपद् पूर्व तयारी, पूर्व सूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ ।’’ यसमा प्राधिकरणले खेलेको भूमिका प्रशंसनीय रहेको मन्त्री अर्यालले उक्त अवसरमा बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानम...

जलविद्युत परियोजना निर्माण नरोक्न अदालतको अन्तरिम आदेश

बागलुङ । उच्च अदालत पाटनले ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको निवेदनमा गत चैत २२ गते जलविद्युत परियोजनाको निर्माण कार्य नरोक्न अन्तरिम आदेश ...

दुई राउण्ड हवाई फायर गरी खैरो हेरोइन कारोबारी मियाँ पक्राउ

विराटनगर। मोरङमा ठुलो परिमाणको लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

सप्तरीमा १० लाख ९६ हजारका भन्सार छलीका कपडा बरामद

सप्तरी। सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । नगरपालिकाको वडा नम्बर १३ स्थित कु...

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending