सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि मासिक मात्र १० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गर्दा पनि ३५ जनाको मागमा १५० जनाले आवेदन दिएका छन् ।
लहान नगरपालिकाले दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने उद्देश्यले शिक्षक पदका लागि दरखास्त आह्वान गरेको थियो । तर न्यून पारिश्रमिक हुँदाहुँदै पनि चार गुणाभन्दा बढी आवेदन पर्नुले स्थानीय तहमा शिक्षित युवाहरू रोजगारीको कति अभावमा छन् भन्ने स्पष्ट संकेत गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले ‘दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ तयार गरी कार्यक्रम अगाडि बढाएको हो । कार्यविधिअनुसार माग गरिएको ३५ शिक्षक पदका लागि करिब १५० जनाले आवेदन दिएको शिक्षा शाखा अधिकृत अमिरी यादवले जानकारी दिए ।
“मागभन्दा धेरै आवेदन परेपछि निष्पक्ष छनोटका लागि लिखित परीक्षा लिने निर्णय गरेका छौँ,” यादवले भने, “पुस २५ गते लिखित परीक्षा मार्फत शिक्षक छनोट गरिनेछ ।” उनका अनुसार शिक्षक छनोटमा स्थानीय तथा सम्बन्धित समुदायका उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
नगरपालिकाका २४ वटै वडामा रहेका करिब ८० दलित तथा मुसहर बस्तीमा ट्युसन कक्षा सञ्चालन गरिनेछ । ती कक्षाहरू बिहान वा बेलुका दैनिक दुई घण्टा सञ्चालन हुनेछन् । छनोट भएका शिक्षकलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिइनेछ ।
नगरपालिकाको सर्वेक्षणअनुसार ती बस्तीमा करिब १ हजार २ सय दलित बालबालिका रहेका छन् । आगामी माघको पहिलो साताबाट ट्युसन कक्षा सुरु गर्ने तयारी गरिएको छ । कक्षा सञ्चालनपछि अनुगमन गर्न एक जना अनुगमनकर्ता समेत खटाइने शिक्षा शाखाले जनाएको छ ।
लहान नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । “दलित तथा मुसहर बालबालिकाको विद्यालय नियमितता कमजोर देखिएकाले ट्युसन कक्षामार्फत उनीहरूलाई पढाइमा जोड्ने लक्ष्य राखेका छौँ,” उनले भने ।
तर, न्यून पारिश्रमिकमा समेत ठूलो संख्यामा आवेदन पर्नुले शैक्षिक योग्यता भएका युवाहरूका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसकेको यथार्थ उजागर गरेको छ । स्थानीय तहको सानो अवसरले समेत ठूलो प्रतिस्पर्धा जन्माउनु वर्तमान बेरोजगारी संकटको प्रतिनिधि उदाहरण बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: