सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि मासिक मात्र १० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गर्दा पनि ३५ जनाको मागमा १५० जनाले आवेदन दिएका छन् ।
लहान नगरपालिकाले दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने उद्देश्यले शिक्षक पदका लागि दरखास्त आह्वान गरेको थियो । तर न्यून पारिश्रमिक हुँदाहुँदै पनि चार गुणाभन्दा बढी आवेदन पर्नुले स्थानीय तहमा शिक्षित युवाहरू रोजगारीको कति अभावमा छन् भन्ने स्पष्ट संकेत गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले ‘दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ तयार गरी कार्यक्रम अगाडि बढाएको हो । कार्यविधिअनुसार माग गरिएको ३५ शिक्षक पदका लागि करिब १५० जनाले आवेदन दिएको शिक्षा शाखा अधिकृत अमिरी यादवले जानकारी दिए ।
“मागभन्दा धेरै आवेदन परेपछि निष्पक्ष छनोटका लागि लिखित परीक्षा लिने निर्णय गरेका छौँ,” यादवले भने, “पुस २५ गते लिखित परीक्षा मार्फत शिक्षक छनोट गरिनेछ ।” उनका अनुसार शिक्षक छनोटमा स्थानीय तथा सम्बन्धित समुदायका उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
नगरपालिकाका २४ वटै वडामा रहेका करिब ८० दलित तथा मुसहर बस्तीमा ट्युसन कक्षा सञ्चालन गरिनेछ । ती कक्षाहरू बिहान वा बेलुका दैनिक दुई घण्टा सञ्चालन हुनेछन् । छनोट भएका शिक्षकलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिइनेछ ।
नगरपालिकाको सर्वेक्षणअनुसार ती बस्तीमा करिब १ हजार २ सय दलित बालबालिका रहेका छन् । आगामी माघको पहिलो साताबाट ट्युसन कक्षा सुरु गर्ने तयारी गरिएको छ । कक्षा सञ्चालनपछि अनुगमन गर्न एक जना अनुगमनकर्ता समेत खटाइने शिक्षा शाखाले जनाएको छ ।
लहान नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । “दलित तथा मुसहर बालबालिकाको विद्यालय नियमितता कमजोर देखिएकाले ट्युसन कक्षामार्फत उनीहरूलाई पढाइमा जोड्ने लक्ष्य राखेका छौँ,” उनले भने ।
तर, न्यून पारिश्रमिकमा समेत ठूलो संख्यामा आवेदन पर्नुले शैक्षिक योग्यता भएका युवाहरूका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसकेको यथार्थ उजागर गरेको छ । स्थानीय तहको सानो अवसरले समेत ठूलो प्रतिस्पर्धा जन्माउनु वर्तमान बेरोजगारी संकटको प्रतिनिधि उदाहरण बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: