Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको तथ्यांकले हरेक तीन संक्रमितमध्ये एक जनाको ज्यान जाने गरेको देखाएपछि स्वास्थ्य विज्ञहरूले गम्भीर चेतावनी दिएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार गत पुसदेखि हालसम्म १७९ जनामा जेई संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । यो मृत्युदर करिब ३३ प्रतिशत हो, जुन कुनै पनि लामखुट्टेबाट सर्ने रोगमध्ये अत्यन्तै उच्च मानिन्छ ।

शाखा प्रमुख डा. अभियान गौतमले भने, “जेईको बढ्दो मृत्युदरले स्पष्ट रूपमा खतराको घन्टी बजाइरहेको छ । यो डेंगुभन्दा धेरै घातक रोग हो ।”

तीनमध्ये एकको मृत्यु, एक अपांग, एक मात्रै सामान्य

जापानिज इन्सेफलाइटिस फ्लेभी भाइरस समूहको भाइरसबाट हुने रोग हो, जुन क्युलेक्स जातको लामखुट्टेले सार्छ । यो लामखुट्टे विशेषगरी बिहान र साँझ सक्रिय हुन्छ । सुँगुर र चराचुरुङ्गीबाट भाइरस बोकेर मानिसमा संक्रमण सर्ने गर्छ ।

डा. गौतमका अनुसार तथ्यांक झनै डर लाग्दो छ । “प्रत्येक तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुन्छ, एक जना जीवनभर अपांगता बोकेर बाँच्छन् र एक जना मात्र सामान्य अवस्थामा फर्किन्छन्,” उनले बताए ।

यस वर्ष मात्रै ८ हजार २६२ जनामा डेंगु संक्रमण हुँदा ६ जनाको मृत्यु भएको तुलनामा जेईको मृत्युदर निकै उच्च देखिएको छ ।

तराई केन्द्रित संक्रमण, लुम्बिनी सबैभन्दा प्रभावित

जेई संक्रमण विशेषगरी तराई क्षेत्रमा बढी देखिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५५ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लागत रूपमा चितवन सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ ।

नेपालमा जेईको इतिहास पुरानो भए पनि यसको व्यवस्थित निगरानी ढिलो सुरु भएको डा. गौतमले बताए । सन् १९७८ तिर रुपन्देहीमा संक्रमण देखिएको अनुमान भए पनि प्रयोगशाला पुष्टि नभएकाले आधिकारिक तथ्यांक उपलब्ध थिएन ।

सन् २०१४ मा ४ जनाको मृत्यु भएको यो रोग पछिल्ला तीन वर्षयता तीव्र रूपमा घातक बन्दै गएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ ।

४० वर्षमाथिका व्यक्तिमा अस्वाभाविक जोखिम

विश्व स्वास्थ्य संगठनका अनुसार जेई प्रायः १५ वर्षमुनिका बालबालिकामा देखिने रोग हो । तर नेपालमा पछिल्ला वर्षहरूमा ४० वर्षमाथिका व्यक्तिमा संक्रमण र मृत्यु असामान्य रूपमा बढेको छ ।

“संक्रमितमध्ये ९१ प्रतिशतले खोप नै नलगाएको पाइएको छ,” डा. गौतमले बताए । भाइरसमा केही प्रकारको परिवर्तन भएको हुनसक्ने आशंका गरिएको छ, यद्यपि यसबारे थप अध्ययन भइरहेको छ ।

प्रारम्भिक अध्ययनले स्क्रब टाइफसजस्ता अन्य रोगसँगको सहसंक्रमणले पनि मृत्युदर बढाएको हुनसक्ने संकेत गरेको छ ।

धानखेती र सुँगुर पालन क्षेत्र उच्च जोखिममा

जेई संक्रमण साउन–भदौ महिनामा बढी देखिन्छ । धानखेती हुने क्षेत्र, सुँगुर र हाँस पालन गरिने ठाउँमा जोखिम अत्यधिक रहने विज्ञहरू बताउँछन् ।

संक्रमितमध्ये करिब ५० प्रतिशत कृषिमा आबद्ध व्यक्ति हुनु यसकै प्रमाण भएको स्वास्थ्य विभागको भनाइ छ । धानखेतमा जम्ने पानी र पशुपालनले लामखुट्टे प्रजननलाई तीव्र बनाउने गर्छ ।

लक्षण, अपांगता र मृत्युको खतरा

धेरैजसो संक्रमितमा लक्षण नदेखिए पनि करिब २५० मध्ये एक जनामा स्नायु प्रणालीमा गम्भीर समस्या देखिन्छ । बाँचेकामध्ये करिब ५० प्रतिशतमा जीवनभर असर रहने अपांगता देखिने चिकित्सकहरू बताउँछन् ।

उच्च ज्वरो, टाउको दुखाइ, घाँटी कडा हुनु, अन्योल, कम्पन, अचेत अवस्था र उपचारमा ढिलाइ भए मृत्यु हुन सक्छ ।

खोप नै एकमात्र प्रभावकारी सुरक्षा

जेई भाइरसजन्य रोग भएकाले यसको विशेष औषधि छैन । नेपालमा १२ महिनाको उमेरमा शिशुलाई जेईको खोप दिइन्छ, जुन नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय हो ।

स्वास्थ्य सेवा विभागले देशभर उपचार गाइडलाइन जारी गरी चार हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जनाएको छ ।

बच्ने उपाय

विज्ञहरूले लामो बाहुलाको लुगा लगाउने, झुल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने, सुँगुर र हाँसका खोर घरबाट टाढा राख्ने र समयमै खोप लगाउने उपाय अपनाउन आग्रह गरेका छन् ।

जेईको बढ्दो मृत्युदरले अब यसलाई सामान्य मौसमी रोगको रूपमा लिन नसकिने स्पष्ट संकेत दिएको स्वास्थ्य क्षेत्रका जानकारहरूको निष्कर्ष छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending