Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको तथ्यांकले हरेक तीन संक्रमितमध्ये एक जनाको ज्यान जाने गरेको देखाएपछि स्वास्थ्य विज्ञहरूले गम्भीर चेतावनी दिएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार गत पुसदेखि हालसम्म १७९ जनामा जेई संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । यो मृत्युदर करिब ३३ प्रतिशत हो, जुन कुनै पनि लामखुट्टेबाट सर्ने रोगमध्ये अत्यन्तै उच्च मानिन्छ ।

शाखा प्रमुख डा. अभियान गौतमले भने, “जेईको बढ्दो मृत्युदरले स्पष्ट रूपमा खतराको घन्टी बजाइरहेको छ । यो डेंगुभन्दा धेरै घातक रोग हो ।”

तीनमध्ये एकको मृत्यु, एक अपांग, एक मात्रै सामान्य

जापानिज इन्सेफलाइटिस फ्लेभी भाइरस समूहको भाइरसबाट हुने रोग हो, जुन क्युलेक्स जातको लामखुट्टेले सार्छ । यो लामखुट्टे विशेषगरी बिहान र साँझ सक्रिय हुन्छ । सुँगुर र चराचुरुङ्गीबाट भाइरस बोकेर मानिसमा संक्रमण सर्ने गर्छ ।

डा. गौतमका अनुसार तथ्यांक झनै डर लाग्दो छ । “प्रत्येक तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुन्छ, एक जना जीवनभर अपांगता बोकेर बाँच्छन् र एक जना मात्र सामान्य अवस्थामा फर्किन्छन्,” उनले बताए ।

यस वर्ष मात्रै ८ हजार २६२ जनामा डेंगु संक्रमण हुँदा ६ जनाको मृत्यु भएको तुलनामा जेईको मृत्युदर निकै उच्च देखिएको छ ।

तराई केन्द्रित संक्रमण, लुम्बिनी सबैभन्दा प्रभावित

जेई संक्रमण विशेषगरी तराई क्षेत्रमा बढी देखिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५५ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लागत रूपमा चितवन सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ ।

नेपालमा जेईको इतिहास पुरानो भए पनि यसको व्यवस्थित निगरानी ढिलो सुरु भएको डा. गौतमले बताए । सन् १९७८ तिर रुपन्देहीमा संक्रमण देखिएको अनुमान भए पनि प्रयोगशाला पुष्टि नभएकाले आधिकारिक तथ्यांक उपलब्ध थिएन ।

सन् २०१४ मा ४ जनाको मृत्यु भएको यो रोग पछिल्ला तीन वर्षयता तीव्र रूपमा घातक बन्दै गएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ ।

४० वर्षमाथिका व्यक्तिमा अस्वाभाविक जोखिम

विश्व स्वास्थ्य संगठनका अनुसार जेई प्रायः १५ वर्षमुनिका बालबालिकामा देखिने रोग हो । तर नेपालमा पछिल्ला वर्षहरूमा ४० वर्षमाथिका व्यक्तिमा संक्रमण र मृत्यु असामान्य रूपमा बढेको छ ।

“संक्रमितमध्ये ९१ प्रतिशतले खोप नै नलगाएको पाइएको छ,” डा. गौतमले बताए । भाइरसमा केही प्रकारको परिवर्तन भएको हुनसक्ने आशंका गरिएको छ, यद्यपि यसबारे थप अध्ययन भइरहेको छ ।

प्रारम्भिक अध्ययनले स्क्रब टाइफसजस्ता अन्य रोगसँगको सहसंक्रमणले पनि मृत्युदर बढाएको हुनसक्ने संकेत गरेको छ ।

धानखेती र सुँगुर पालन क्षेत्र उच्च जोखिममा

जेई संक्रमण साउन–भदौ महिनामा बढी देखिन्छ । धानखेती हुने क्षेत्र, सुँगुर र हाँस पालन गरिने ठाउँमा जोखिम अत्यधिक रहने विज्ञहरू बताउँछन् ।

संक्रमितमध्ये करिब ५० प्रतिशत कृषिमा आबद्ध व्यक्ति हुनु यसकै प्रमाण भएको स्वास्थ्य विभागको भनाइ छ । धानखेतमा जम्ने पानी र पशुपालनले लामखुट्टे प्रजननलाई तीव्र बनाउने गर्छ ।

लक्षण, अपांगता र मृत्युको खतरा

धेरैजसो संक्रमितमा लक्षण नदेखिए पनि करिब २५० मध्ये एक जनामा स्नायु प्रणालीमा गम्भीर समस्या देखिन्छ । बाँचेकामध्ये करिब ५० प्रतिशतमा जीवनभर असर रहने अपांगता देखिने चिकित्सकहरू बताउँछन् ।

उच्च ज्वरो, टाउको दुखाइ, घाँटी कडा हुनु, अन्योल, कम्पन, अचेत अवस्था र उपचारमा ढिलाइ भए मृत्यु हुन सक्छ ।

खोप नै एकमात्र प्रभावकारी सुरक्षा

जेई भाइरसजन्य रोग भएकाले यसको विशेष औषधि छैन । नेपालमा १२ महिनाको उमेरमा शिशुलाई जेईको खोप दिइन्छ, जुन नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय हो ।

स्वास्थ्य सेवा विभागले देशभर उपचार गाइडलाइन जारी गरी चार हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जनाएको छ ।

बच्ने उपाय

विज्ञहरूले लामो बाहुलाको लुगा लगाउने, झुल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने, सुँगुर र हाँसका खोर घरबाट टाढा राख्ने र समयमै खोप लगाउने उपाय अपनाउन आग्रह गरेका छन् ।

जेईको बढ्दो मृत्युदरले अब यसलाई सामान्य मौसमी रोगको रूपमा लिन नसकिने स्पष्ट संकेत दिएको स्वास्थ्य क्षेत्रका जानकारहरूको निष्कर्ष छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending