Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्ने भएका छन् । आयोगमा दिइने बयानलाई लिएर रणनीति बनाउन लेखक आज (बुधबार) देउवासँग भेटवार्ता गर्दैछन् ।

लेखक सभापति देउवा बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवासमा पुग्ने कार्यक्रम रहेको छ । महाराजगञ्ज स्रोतका अनुसार देउवाले लेखकलाई छलफलका लागि बोलाएका हुन् । यद्यपि भेटघाटको निश्चित समय भने सार्वजनिक गरिएको छैन । स्रोतले भन्यो, “छलफलका लागि बोलाइएको हो, आज भेट हुने तय छ ।”

यसअघि पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगले बयान दिन बोलाएको विषयमा आफूले ‘सल्लाह गरिरहेको’ प्रतिक्रिया दिएका थिए । आयोगले पत्र पठाइसकेको भन्ने जानकारी भए पनि आफूले औपचारिक रूपमा पत्र नपाएको उनको भनाइ छ ।

‘हिजो (मंगलबार) पत्र पठाइएको छ भन्ने सुनेको छु, तर अहिलेसम्म मैले पाएको छैन,’ लेखकले भने, ‘अब के गर्ने भन्ने विषयमा सल्लाहमै छु ।’

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले मंगलबार पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । आयोगको यो निर्णयसँगै कांग्रेसभित्र राजनीतिक चहलपहल बढेको छ ।

जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि, आगजनी र राज्य संयन्त्रको भूमिकाबारे आयोगले उच्च तहका राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेपछि यो प्रकरण थप संवेदनशील बन्दै गएको छ । आयोगको पत्रपछि देउवा–लेखकबीच हुन लागेको परामर्शलाई कांग्रेस र समग्र राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...

संविधान संशोधनका लागि सरकारले कार्यदल गठन गर्ने

काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...

बाँदर आतंक नियन्त्रण गर्न जनप्रतिनिधिका बाचा

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते...

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending